आलितालमा १७ सदस्यीय पालिका स्तरीय आप्रवासी सञ्जाल गठन

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

आलिताल : डडेल्धुराको आलिताल गाउँपालिकामा पालिका स्तरीय आप्रवासी सञ्जाल गठन गरिएको छ ।
मंगलबार आलिताल गाउँपालिकाको सभाहलमा भारतमुखी आप्रवासनमा गएका श्रमिकहरु तथा उनीहरुको परिवारका सदस्यहरुको हकहित संरक्षणका लागि पालिका स्तरिय आप्रवासी सञ्जाल गठन गरिएको हो ।
भारतमुखी श्रमबाट फर्किएर नेपालमै विभिन्न संघ संस्थामा आवद्ध रहेका,स्वरोजगार तथा आत्मनिर्भर भएका व्यक्तिहरुको भेला आयोजना गरी उक्त भेलाबाट पालिका स्तरिय आप्रवासी सञ्जाल गठन गरिएको निड्स नेपालका कार्यक्रम संयोजक शैलेन्द्र जोशीले बताएका छन् । उनले भने भारतमुखी रोजगारीबाट फर्किएका श्रमिकहरुको हकहित, सीपको सदुपयोग र सामाजिक पुर्नमिलनका लागि पालिका स्तरीय आप्रवासी सञ्जाल गठन गरेका छौ ।

Dadeldhura Hospital


सञ्जालको अध्यक्षमा कृष्णदत्त जोशी, उपाध्यक्ष अमृता देवी कार्की,सचिव जयराज जोशी,कोषाध्यक्ष ईश्वरी ठगुन्ना र सदस्यहरुमा सुस्मीता सार्की,दान बहादुर धामी,दिपेन्द्र बोहरा,नन्दा देवी थापा, गगन महरा,विर बहादुर महरा,प्रेम घर्ति,तिलक बि.क. गणेश बहादुर बोगटी, ता।ा बोहरा, कालु नाथ,नरेन्द्र धामी र देवीसरा सारु गरि १७ सदस्यीय कमिटी गठन गरिएको छ ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा


सरकारले हालसम्म भारतमा रोजगारी गर्न गएका व्यक्तिहरुका तथ्यांक संकलन तथा व्यवस्थापन गर्न नसक्दा विभिन्न खाले समस्याहरु झेल्नु परेको छ, रोजगारीमा जाने श्रमिकहरुको अधिकार संरक्षण,सुरक्षा तथा श्रमिकहरुको अनुभव आदान प्रदान,सीप विकास तथा नीतिगत पैरवीका लागि यो सञ्जालको अहमभूमिका रहेको आलिताल गाउँपालिका अध्यक्ष शेर सिह पार्कीले बताएका छन् । उनले भने यो सञ्जाल सक्रिय रहनु पर्छ पालिकाले यस पटक भारमुखी श्रमिकहरुको क्षेत्रमा बजेट व्यवस्थापन गर्छ ।
आलितला गाउँपालिकामा एडब्लुओ इन्टरनेशलनको आर्थिक सहयोगमा निड्स नेपालले सम्मानित युवा श्रम आप्रवासन तथा सुदुढ जीविकोपार्जन परियोजना मार्फत भारतमुखी श्रमिक तथा उनीहरुको परिवारका सदस्यहरुको क्षमता विकास तथा जीविकोपार्जनका क्षेत्रमा काम गर्दै आएको छ ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.