सुदूरपश्चिमको बजेटमा ‘योजना किनबेच’ भएको आरोप, नेकपाद्वारा अस्वीकार

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

धनगढी, असार ५ : प्रमुख प्रतिपक्षी दल नेकपाले सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ल्याएको बजेटमाथि गम्भीर प्रश्न उठाउँदै योजना छनोट प्रक्रियामै अनियमितता भएको आरोप लगाएको छ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नेकपा संसदीय दलका नेता खगराज भट्ट ले बजेट निर्माण प्रक्रियामा मन्त्रालय र सम्बन्धित निकायलाई पन्छाएर मुख्यमन्त्री कार्यालय तथा अन्य गोप्य स्थानबाट योजना समावेश गरिएको दाबी गरे। उनले कतिपय योजना ‘खरिद–बिक्री’ को आधारमा बजेटमा समावेश गरिएको आरोप लगाउँदै यस्तो प्रवृत्तिले प्रदेशको विकास प्रणालीलाई कमजोर बनाएको बताए।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

भट्टका अनुसार सरकारले प्रतिपक्षीसँग गरेका प्रतिबद्धता तथा आफ्नै मापदण्डसमेत उल्लंघन गर्दै बजेट ल्याएको छ। उनले बजेट जनताको आवश्यकता र विकास प्राथमिकताभन्दा पनि सीमित समूह, कार्यकर्ता तथा बिचौलियाको स्वार्थअनुसार निर्माण गरिएको आरोप लगाए।

नेकपाले बजेट संघीय लोकतान्त्रिक गणतन्त्रको भावना, संसदीय सर्वोच्चता र दिगो विकासको अवधारणासँग मेल नखाने दाबी गरेको छ। पार्टीले प्रदेशसभामा रहेका सबै सांसदलाई बजेटको विरोधमा उभिन आग्रह गर्दै बेथिति विरुद्ध साझा सन्देश दिनुपर्ने बताएको छ।

पत्रकार सम्मेलनमा नेकपाले बजेट संशोधन नभए प्रदेशसभाबाट पारित हुन नदिन आफ्नो सम्पूर्ण राजनीतिक शक्ति प्रयोग गर्ने चेतावनीसमेत दिएको छ। प्रतिपक्षी दलको यो कडा अडानसँगै सुदूरपश्चिम प्रदेशको बजेटमाथिको राजनीतिक बहस थप तीव्र हुने संकेत देखिएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.