मकै बिउ उत्पादन प्रवर्द्धन कार्यक्रमअन्तर्गत आलितालमा ६ किसानलाई मिनिटिलर वितरण

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा : आलिताल गाउँपालिकाले मकै बिउ उत्पादन तथा प्रवर्द्धन कार्यक्रमअन्तर्गत वडा नं. ५ का ६ जना किसानलाई मिनिटिलर वितरण गरेको छ। आर्थिक वर्ष २०८२/८३ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार कृषि उत्पादन वृद्धि तथा किसानलाई आधुनिक कृषि प्रविधिसँग जोड्ने उद्देश्यले उक्त सामग्री वितरण गरिएको हो।

गाउँपालिकाको कृषि शाखामार्फत सञ्चालन गरिएको कार्यक्रमअन्तर्गत ६ जना किसानलाई ५० प्रतिशत अनुदानमा ६ वटा मिनिटिलर उपलब्ध गराइएको कृषि अधिकृत नवीन खड्काले जानकारी दिए। उनका अनुसार मकै बिउ उत्पादनलाई व्यावसायिक र प्रविधिमैत्री बनाउन कार्यक्रम सञ्चालन गरिएको हो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

कृषि अधिकृत खड्काले परम्परागत खेती प्रणालीलाई आधुनिक प्रविधिसँग जोड्दै उत्पादन लागत घटाउने र उत्पादकत्व बढाउने उद्देश्यले मिनिटिलर वितरण गरिएको बताए। उनले आधुनिक कृषि उपकरणको प्रयोगबाट किसानको श्रम, समय तथा लागत कम हुने र उत्पादनमा वृद्धि हुने विश्वास व्यक्त गरे।

Dadeldhura Hospital

उक्त कार्यक्रमअन्तर्गत मिनिटिलरसँगै किसानलाई दुई वटा स्प्रे ट्यांकी, एक थान हाते पंखा, मकैको उन्नत बिउ तथा विषादीमा समेत ५० प्रतिशत अनुदान उपलब्ध गराइएको छ। गाउँपालिकाले किसानलाई आवश्यक कृषि सामग्री उपलब्ध गराएर मकै बिउ उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्य लिएको जनाएको छ।

स्थानीय किसानहरूले गाउँपालिकाबाट प्राप्त सहयोगले कृषि कार्यलाई सहज बनाउने विश्वास व्यक्त गरेका छन्। विशेषगरी मिनिटिलरले खेत जोत्न तथा अन्य कृषि कार्यमा लाग्ने समय र श्रम घट्ने भएकाले उत्पादन लागत कम हुने उनीहरूको भनाइ छ।

आलिताल गाउँपालिकाले कृषि क्षेत्रलाई आर्थिक समृद्धिको आधारका रूपमा लिँदै विभिन्न अनुदानमुखी कार्यक्रम सञ्चालन गर्दै आएको छ। मकै बिउ उत्पादन तथा प्रवर्द्धन कार्यक्रमले स्थानीय स्तरमा गुणस्तरीय बिउ उत्पादन बढाउन, किसानको आयआर्जनमा वृद्धि गर्न तथा व्यावसायिक कृषितर्फ आकर्षित गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

गाउँपालिकाले आगामी वर्षहरूमा पनि कृषि उत्पादन वृद्धि, आधुनिक प्रविधिको विस्तार तथा किसानको जीवनस्तर सुधारका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.