आलिताल–५ मा एकमहिने मालापोते बुनाइ तालिम सम्पन्न

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

डडेल्धुरा :  व्यवसायिक तथा सीप विकास तालिम केन्द्र कंचनपुर र आलिताल गाउँपालिका वडा नं. ५ को संयुक्त सहकार्यमा सञ्चालन गरिएको एकमहिने मालापोते बुनाइ तालिम सम्पन्न भएको छ।
स्थानीय महिलाहरूलाई सीपमूलक तालिममार्फत आत्मनिर्भर र स्वरोजगार बनाउने उद्देश्यले सञ्चालन गरिएको वडा अध्यक्ष डम्मर ढाँटले बताए । तालिममा वडाभित्रका विभिन्न टोलका महिलाहरूको सहभागिता रहेको थियो।


तालिम अवधिभर सहभागीहरूले मालापोते बुनाइ सम्बन्धी व्यावहारिक ज्ञान तथा सीप हासिल गरेका छन्। यस किसिमका सीपमूलक तालिमले महिलाको आर्थिक सशक्तीकरण, आयआर्जन तथा घरेलु उद्योग प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको वडा सचिव नरेन्द्र रानामगरले बताए ।
तालिम समापन कार्यक्रममा सहभागी दिदीबहिनीहरूको सक्रियता, लगनशीलता र उत्साहको प्रशंसा गर्दै आयोजक पक्षले सफलतापूर्वक तालिम सम्पन्न गराउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेको छ।
सहभागी सम्पूर्ण दिदीबहिनीहरूलाई तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा हृदयदेखि नै धन्यवाद व्यक्त गरिएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.