डडेल्धुरामा ‘मिडियामा नवीनतम् प्रवृत्तिको प्रयोग’ विषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा: सूचना प्रविधिको तीव्र विकाससँगै पत्रकारिताको स्वरूप फेरिँदै गएको बेला डडेल्धुरामा सञ्चारकर्मीलाई लक्षित गरी ‘मिडियामा नवीनतम् प्रवृत्तिको प्रयोग’ विषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

पश्चिम नेपाल मिडिया अभियान डडेल्धुराको आयोजना तथा सूचना तथा सञ्चार मन्त्रालयको सहकार्यमा शनिबार आयोजित कार्यक्रममा पत्रकारितामा देखिएका नवीनतम् प्रवृत्ति, डिजिटल पत्रकारिता, सामाजिक सञ्जालको प्रभावकारी प्रयोग, कृत्रिम बुद्धिमत्ता (एआई), पोडकास्ट तथा भिडियो सामग्री उत्पादन, डिजिटल सुरक्षा र फ्याक्ट चेकिङका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका कोषाध्यक्ष बरुण पनेरूले प्रविधिसँगै पत्रकारिता पनि तीव्र रूपमा परिवर्तन भइरहेको उल्लेख गर्दै नयाँ प्रविधि नअपनाउने सञ्चारमाध्यम र पत्रकारहरू प्रतिस्पर्धामा पछाडि पर्ने अवस्था सिर्जना भएको बताए ।

उनले एआई, डेटा र डिजिटल प्लेटफर्मको प्रयोगले समाचार उत्पादन र सम्प्रेषणको शैली नै परिवर्तन गरिरहेको धारणा राखे । प्रमुख जिल्ला अधिकारी अमरबहादुर वलीले पछिल्लो समय सामाजिक सञ्जालमार्फत मिथ्या सूचना र भ्रामक सामग्रीको जोखिम बढिरहेको भन्दै पत्रकारहरू तथ्यमा आधारित र जिम्मेवार बन्नुपर्नेमा जोड दिए । उनले साइबर सुरक्षा, एआईको सुरक्षित प्रयोग तथा डिजिटल प्रविधिबारे पर्याप्त ज्ञान राख्नुपर्ने आवश्यकता औंल्याए ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गगनसिंह भण्डारीले समय र प्रविधिअनुसार मिडियाले आफूलाई रुपान्तरण गर्न नसके विश्वसनीयता र प्रभाव गुमाउन सक्ने बताए । उनले नयाँ प्रविधिको अधिकतम उपयोग गर्दै जनउत्तरदायी पत्रकारिता गर्न आग्रह गरे । पश्चिम नेपाल मिडिया अभियान डडेल्धुराका अध्यक्ष उत्तरसिंह विष्टले जिल्लामा क्रियाशील पत्रकारहरूलाई आधुनिक सञ्चार प्रविधि र पत्रकारिताका नयाँ अभ्यासबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए ।

उनले पत्रकारहरूले समयको मागअनुसार आफ्नो सीप, शैली र सामग्री उत्पादनलाई परिस्कृत गर्दै लैजानुपर्ने धारणा व्यक्त गरे । कार्यक्रममा जिल्लाका विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूको उल्लेख्य सहभागिता रहेको थियो । सहभागीहरूले पत्रकारितामा एआई, डिजिटल सुरक्षा र नयाँ मिडिया प्रविधिको प्रयोगबारे व्यावहारिक जानकारी प्राप्त गरेको बताएका छन् ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.