भारतमा कार दुर्घटनामा परी डडेल्धुराका एक युवाको मृत्यु

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

डडेल्धुरा : डडेल्धुरा जिल्लाको आलिताल गाउँपालिका–२ किमाडका एक युवाको भारतमा कार दुर्घटनामा परी मृत्यु भएको छ।
मृत्यु हुनेमा आलिताल गाउँपालिका–२ किमाड निवासी अन्दाजी ३० वर्षीय रिदम थापामगर रहेका छन्।
रोजगारीका सिलसिलामा भारतमा बस्दै आएका थापामगर परिवारसहित घर फर्कने क्रममा भारतको हरियाणाबाट रिजर्भ गरिएको कारमा यात्रा गरिरहेका बेला दुर्घटना भएको थियो।
दुर्घटनामा रिदम थापामगर, उनकी श्रीमती र ७ वर्षीय छोरा घाइते भएका थिए। घाइते तीनै जनालाई तत्काल भारतको गाजियाबादस्थित मनिपाल अस्पतालमा उपचारका लागि लगिएको थियो। गम्भीर घाइते भएका रिदम थापामगरलाई सघन उपचार कक्ष (आईसीयू) मा राखी उपचार गरिए पनि उपचारकै क्रममा बुधबार राति चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
दुर्घटनामा घाइते भएकी उनकी श्रीमती र छोरा भने सामान्य चोटपटक लागेकाले उपचारपछि हिजो नै अस्पतालबाट डिस्चार्ज भएको मृतकका आफन्त भुपेन्द्र थापामगरले जानकारी दिएका छन्।
हाल रिदम थापामगरको शव गाजियाबादस्थित मनिपाल अस्पतालमै रहेको जनाइएको छ।
परिवारसहित घर फर्कने क्रममा भएको यस दुःखद घटनाले आलिताल गाउँपालिका–२ किमाड गाउँ शोकमा डुबेको छ। श्रीमानको असामयिक निधनको खबरपछि उनकी श्रीमती भावविह्वल बनेकी छन् भने आफन्त तथा गाउँलेहरू गहिरो शोकमा रहेका छन्। घटनाको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको बताइएकाके छ ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.