वातावरणमैत्री गाउँ अभियानअन्तर्गत डोलागाउँका कृषकलाई कफीका बिरुवा वितरण

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा: आलिताल गाउँपालिका–८ डोला गाउँका कृषकलाई कफी खेती प्रवर्द्धन गर्ने उद्देश्यले २०० वटा कफीका बिरुवा वितरण गरिएको छ।

आलिताल गाउँपालिका र किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको सहकार्यमा डोला गाउँलाई वातावरणमैत्री गाउँ बनाउने सम्झौता अनुरूप शुक्रबार कृषकलाई बिरुवा वितरण गरिएको हो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

कार्यक्रममा किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका तालिम विभाग प्रमुख नारायण चौधरीले वातावरण संरक्षणसँगै कृषकको आयआर्जन वृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताए। उनले आलिताल क्षेत्र कफी उत्पादनका लागि सम्भावनायुक्त रहेको उल्लेख गर्दै सहकारीका सदस्यहरूको आर्थिक हित, उत्पादनको सहज बजारीकरण तथा संस्थाको आफ्नै एग्रो बिजनेस र मार्टमार्फत उत्पादित कफी बिक्रीमा सहयोग पुग्ने बताए। ९२ हजारभन्दा बढी सदस्य रहेको सहकारी संस्थाले सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई पनि निरन्तरता दिँदै आएको उनको भनाइ थियो।

समाजसेवी रामचन्द्र पुनमगरले आफूले पनि कफी खेती गर्दै आएको उल्लेख गर्दै गाउँमै यस्ता कार्यक्रम सञ्चालन हुनु खुसीको विषय भएको बताए। उनले यस क्षेत्र कफी उत्पादनका लागि उपयुक्त भएकाले सबै कृषकलाई व्यावसायिक रूपमा कफी खेतीतर्फ आकर्षित हुन आग्रह गरे।

Dadeldhura Hospital

कार्यक्रमका प्रमुख अतिथि तथा आलिताल गाउँपालिका अध्यक्ष शेरसिंह पार्कीले आलिताल कफी उत्पादनका लागि अत्यन्तै उपयुक्त क्षेत्र भएको बताए। वातावरणमैत्री गाउँ निर्माण गर्ने लक्ष्यसहित डोला गाउँबाट अभियान सुरु गरिएको उल्लेख गर्दै उनले यसलाई सुदूरपश्चिमकै नमुना गाउँका रूपमा विकास गर्ने उद्देश्य रहेको बताए।

अध्यक्ष पार्कीले गाउँपालिकाको तर्फबाट आवश्यक सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्दै डोला गाउँको रिङरोड यसै वर्ष कालोपत्रे गर्ने प्रक्रिया समेत अघि बढ्ने जानकारी दिए। यो कार्यक्रम नमुना सुरुवात मात्र भएको उल्लेख गर्दै आगामी दिनमा कृषि, वातावरण संरक्षण र आयआर्जनसँग सम्बन्धित थप कार्यक्रम सञ्चालन गरिने बताए। कफी खेतीलाई गाउँपालिकाले प्राथमिकताका साथ अघि बढाउने र विशेषगरी महिला कृषकहरूको सक्रियताले आलिताललाई कफी उत्पादनको नयाँ केन्द्रका रूपमा स्थापित गर्न सकिने विश्वास पनि उनले व्यक्त गरे।

कार्यक्रममा सहभागी कृषकहरूलाई कफी खेतीको सम्भावना, बिरुवा रोप्ने विधि, मल व्यवस्थापन, रोग तथा कीरा नियन्त्रण, उत्पादन वृद्धि तथा बजार व्यवस्थापनका विषयमा व्यावहारिक तालिम समेत प्रदान गरिएको थियो।

स्थानीय तह र सहकारीबीचको सहकार्यमा सञ्चालन भएको यस कार्यक्रमले वातावरण संरक्षणसँगै कृषकको आयआर्जन वृद्धि र डोला गाउँलाई वातावरणमैत्री तथा व्यावसायिक कफी उत्पादन केन्द्रका रूपमा विकास गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.