नेरुडे मिर्मिरे लघुवित्तद्वारा गोदाम बजार व्यवस्थापन समितिलाई पाँच डस्टबिन सहयोग

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा, ३० असार : नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड, आलिताल शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत गोदाम बजार व्यवस्थापन समितिलाई पाँचवटा स्ट्यान्डसहितका डस्टबिन हस्तान्तरण गरेको छ।

मंगलबार आयोजित कार्यक्रममा शाखा प्रमुख नरबहादुर साउदले संस्थाको केन्द्रीय कार्यालय बनेपा, काभ्रे तथा कर्पोरेट कार्यालय लोकन्थली, भक्तपुरको सामाजिक उत्तरदायित्व कोषमार्फत शाखाको मागअनुसार बजार क्षेत्रलाई लक्षित गरी डस्टबिन उपलब्ध गराइएको जानकारी दिए।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

कार्यक्रममा आलिताल गाउँपालिकाकी उपाध्यक्ष मैना कुमारी रावलले बजार क्षेत्र पालिकाको मुख्य प्रवेशद्वार तथा केन्द्र भएकाले यसको सरसफाइमा विशेष ध्यान दिन आवश्यक रहेको बताइन्। उनले डस्टबिन सहयोग गर्ने संस्थाप्रति धन्यवाद व्यक्त गर्दै यसको उचित प्रयोग, संरक्षण र व्यवस्थापन बजारवासीकै साझा जिम्मेवारी भएको उल्लेख गरिन्। आवश्यक सहयोगका लागि गाउँपालिका सदैव तयार रहेको उनको भनाइ थियो।

Dadeldhura Hospital

उपाध्यक्ष रावलले बजार क्षेत्रमा अन्य स्थानको तुलनामा बढी फोहोर उत्पादन हुने भएकाले यसको प्रभावकारी व्यवस्थापनमा स्थानीय नागरिक स्वयं अग्रसर हुनुपर्नेमा जोड दिइन्।

गोदाम बजार व्यवस्थापन समितिका अध्यक्ष पदमबहादुर खडायतले डस्टबिन सहयोग गरेकोमा नेरुडे मिर्मिरे लघुवित्तलाई धन्यवाद दिँदै प्राप्त सामग्रीको उचित व्यवस्थापन र संरक्षण समितिले गर्ने बताए। उनले समितिले समय–समयमा बजार सरसफाइ अभियान सञ्चालन गर्दै आएको उल्लेख गर्दै यस्ता सहयोगले थप उत्साह मिलेको बताए।

प्राप्त डस्टबिनहरू बजारका कुन–कुन स्थानमा राख्ने भन्ने विषयमा समितिको बैठकबाट निर्णय गरिने अध्यक्ष खडायतले जानकारी दिए।

कार्यक्रममा जनप्रतिनिधि, स्थानीय व्यापारी, विभिन्न संघसंस्थाका प्रतिनिधि, नेपाल प्रहरी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.