कैलालीमा पौडी खेल्ने क्रममा डुबेर किशोरको मृत्यु

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

कैलाली: कैलालीको गोदावरी नगरपालिका–४ हाटखोलीस्थित खोलामा डुबेर एक किशोरको मृत्यु भएको छ।

Dadeldhura Hospital

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार शनिबार दिउँसो गोदावरी नगरपालिका–४ हाटखोलीस्थित खोलामा पौडी खेल्ने क्रममा डुबेका १५ वर्षीय पुष्पराज चौधरीको उपचारका क्रममा मृत्यु भएको हो। निज जोशीपुर गाउँपालिका–२ घर भई हाल धनगढी उपमहानगरपालिका–७ मनेहरामा बस्दै आएका थिए।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

साथीहरूसँग पौडी खेलिरहेका चौधरी डुबेको देखेपछि उद्धार गरी उपचारका लागि निःसर्ग अस्पताल पु¥याइएको थियो। उपचारकै क्रममा साँझ ५ः०२ बजे चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ।मृतकको शव शवपरीक्षणका लागि सेती प्रादेशिक अस्पताल, धनगढी पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला कार्यालयका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक कैलाशसिंह विष्टले जानकारी दिए।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.