

दार्चुला : दार्चुलाको मालिकार्जुन गाउँपालिका–८ र ३ को सीमामा पर्ने गाडखोलामाथि निर्माण गरिएको काठको पुल भाँचिँदा खोलामा खसेर एक जना
को मृत्यु भएको छ।
पुलमार्फत खोला तर्दै गरेका मालिकार्जुन गाउँपालिका–८ निवासी अन्दाजी ५६ वर्षीय धनसिंह धामी पुल भाँचिएसँगै खोलामा खसेका थिए। घटनापछि बेपत्ता भएका धामीको खोजीका लागि स्थानीय बासिन्दा र प्रहरीले संयुक्त रूपमा खोजतलास गरेका थिए। स्थानीय हिक्मत धामीका अनुसार मंगलबार बिहान गाडखोलामा उनको शव फेला परेको हो। जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार घटनामा उनको ज्यान गएको हो ।



