
डडेल्धरा : रसुवास्थित भोटेकोशी नदीमा आएको हिमपहिरो र बाढीका कारण जलविद्युत् आयोजनामा कार्यरत डडेल्धुराका कम्तीमा ९ जना कामदार सम्पर्कविहीन भएका छन्। डडेल्धुराको आलिताल गाउँपालिका वडा नं. ३ कान्तिपुर र वडा नं. ७ नाउलीका नागरिकहरू बाढीका कारण बेपत्ता भएका हुन्।
सँगै कार्यरत स्थानीय सुनिल बुढामगरका अनुसार आलिताल ३ कान्तिपुरबाट जलविद्युत् कम्पनीमा पुगेका ७ जना कामदारमध्ये ६ जना सम्पर्कविहीन भएका छन्। आफू भने आज काममा नगएकाले सुरक्षित रहेको बुढामगरले जानकारी दिएका छन्।


सम्पर्कविहीन हुनेहरूको विवरण ः
आलिताल गाउँपालिका ३ (कान्तिपुर) उमेश बुढा,लक्ष्मण रामजाली,गौरव रामजाली,गोविन्द रामजाली,सुन्दर बुढा मगर र दिनेश रामजाली रहेका छन् भने आलिताल गाउँपालिका ७ (नाउली) बस्ने दीपक घर्ती,राजेश घर्तिमगर र किरण घर्तिमगर रहेका छन् । सुनिलका अनुसार जलविद्युत् आयोजनामा कार्यरत करिब २९ जना नै सम्पर्क बिहिन भएको बताए । सुनिल आलिताल गाउँपालिका वडा नं ३ का अध्यक्ष बल बहादुर बुडामगरका छोरा हुन ।
घटनापछि बेपत्ता भएकाहरूको खोजी कार्य तथा उद्धारको प्रयासबारे थप विवरण आउन बाँकी छ। स्थानीय तथा आफन्तहरूले बेपत्ता सबैजनाको सकुशल उद्धारको कामना गरिरहेका छन्।



