च्याम्पियन ट्रफी लिएर सुदूरपश्चिम रोयल्स नौ जिल्लामा पुग्दै

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

धनगढीः नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधि जितेको सुदूरपश्चिम रोयल्सले प्रदेशका नौवटै जिल्लामा च्याम्पियन्स ट्रफी टुर गर्ने भएको छ। टोलीले मंसिर १३ देखि २० गतेसम्म विभिन्न जिल्लामा ट्रफी प्रदर्शन, र्‍याली तथा अन्य उत्सवका कार्यक्रम आयोजना गर्न लागेको हो।

ट्रफी टूरको सुरुवात मंसिर १३ गते अछाम र बाजुराबाट हुनेछ। त्यसपछि मंसिर १४ गते डोटी र डडेल्धुरा, १५ गते बैतडी र दार्चुला तथा १७ गते बझाङमा कार्यक्रम आयोजना गरिने तालिकामा उल्लेख छ। मंसिर १६ गते दार्चुलाको मालिकार्जुन मन्दिरमा ट्रफी प्रदर्शनसँगै खलंगामा र्‍याली हुनेछ। मंसिर १८ गते डडेल्धुराको परशुराम धाममा ट्रफी प्रदर्शन गरिनेछ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

त्यसैगरी, मंसिर १९ गते कैलालीका विभिन्न स्थानमा ट्रफी प्रदर्शन गरिनेछ। टीकापुर पार्कबाट सुरु हुने कार्यक्रम चिसापानी, लम्की, घोडाघोडी ताल र अत्तरियासम्म पुग्नेछ। सोही दिन महेन्द्रनगर बजारदेखि दोधारा चाँदनी पुलसम्म र्‍याली गर्ने कार्यक्रमसमेत तय गरिएको छ।

ट्रफी टुरको अन्तिम दिन मंसिर २० गते धनगढीमा विशेष कार्यक्रम आयोजना हुनेछ। दिउँसो ३ बजेदेखि ५ बजेसम्म चौराहादेखि महोत्सव मैदानसम्म र्‍याली निकालिनेछ। त्यसपछि साँझ ५ बजे महोत्सव मैदानमा कन्सर्ट आयोजना गरिने तालिकामा उल्लेख छ।

एनपीएलको तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सले फाइनलमा लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै पहिलोपटक उपाधि जितेको थियो। लगातार तेस्रोपटक फाइनल पुगेको टोलीले यसपटक उपाधि जितेसँगै सुदूरपश्चिममा क्रिकेट समर्थकहरूबीच उत्साह छाएको छ। ट्रफी टूरमार्फत उपाधि जितको खुसी प्रदेशका विभिन्न जिल्लाका समर्थकसँग साट्ने र क्रिकेटप्रतिको उत्साह थप बढाउने लक्ष्य राखिएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.