आलितालमा अपांगता समाबेशी बिकास तथा दिगो बिकास लक्ष्य सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा आलितालमा अपांगता समाबेशी बिकास तथा दिगो बिकास लक्ष्य सम्बन्धी सचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ । इनप्याक्ट नेपालको आयोजना र सि वि एमको आर्थिक सहयोगमा आलिताल गाउँ पालिकाको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो ।

Dadeldhura Hospital

अपाङ्गता के हो ?अपाङ्गतालाई कसरी बुझ्ने?अपाङतामैत्री दिगो बिकास,समाबेशी निति,अपाङता भएका व्यक्तिहरुलाई स्थानीय तहको नीति निर्माणमा कसरी सहभागि गराउन सकिन्छ भन्ने बिषयलाई लक्षित गरेर स्थानीय तहमा अभिमुखीकरण अभियान सञ्चालन गरिएको इनप्याक्ट नेपालको तर्फबाट राम बहादुर बोगटीले जानकारी दिए ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा


अपांगताको बिषयमा सुदुर पश्चिम विश्व बिध्यालयका उपप्राध्यापक समेत रहेका कार्यक्रमका प्रशिक्षक यज्ञराज पाण्डेयले प्रशिक्षण गर्नु भएको थियो । पाण्डेयले अपांगताका प्रकार,अपाङ्गतासंग गरिने व्यवहार,अपाङ्ग मैत्री संरचना,नेपालमा समाबेशी शिक्षाको ब्यबस्था,सम्बन्धी प्रशिक्षण गर्नु भएको थियो ।
कार्यक्रममा आलिताल गाउँपालिका अध्यक्ष ,उपाध्यक्ष ,व डा अध्यक्ष, कार्यपालिका सदस्य,पत्रकार,विषयगत शाखाका प्रमुख र अपाङ्गता संघका ब्यक्तिहरुको सहितको सहभागिता रहेको थियो ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.