परशुरामका साना किसानलाई वातावरणीय कृषि र समूह सुदृढीकरणसम्बन्धी तालिम

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा : डडेल्धुरा जिल्लाको परशुराम नगरपालिकामा साना किसान समूहहरूलाई लक्षित गरी कृषक समूह सुदृढीकरण र वातावरणीय कृषि प्रणालीसम्बन्धी तालिम कार्यक्रमहरू आयोजना भएका छन्।

Dadeldhura Hospital

परशुराम नगरपालिकाका वडा नं. १, ५, ६ र १२ मा रहेका ४ वटा साना किसान समूहका पदाधिकारी, सदस्य तथा अन्य किसानहरूको सहभागितामा यो तालिम सञ्चालन भइरहेको हो।
आइतबार परशुराम नगरपालिका वडा नं. ५, बिसलपुरमा रहेको महाकाली साना किसान समूहकी अध्यक्ष दुर्गा देउवाको अध्यक्षतामा वातावरणीय कृषि प्रणालीसम्बन्धी तालिम सम्पन्न भएको थियो। कार्यक्रममा समूहका पदाधिकारी, साधारण सदस्यहरू तथा स्थानीय कृषकहरूको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागीहरूलाई कृषिमा रासायनिक मल र विषादीको अत्यधिक प्रयोगले माटोको उर्वराशक्ति र स्वास्थ्यमा पारेको नकारात्मक असरबारे सचेत गराइएको थियो। पर्यावरणीय कृषि प्रणालीको महत्व, स्थानीय स्रोतसाधनको प्रयोग, जैविक मल तथा विषादीको उपयोग, र रैथाने बीउबिजनको संरक्षण गर्ने विषयमा विस्तृत सहजीकरण गरिएको परशुराम–१२, आमपानीका साना किसान समूहले जनाएका छन्।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा


समूहलाई थप अधिकारमुखी बनाउन समूहको नियमित बैठक सञ्चालन, आन्तरिक बचत तथा ऋण परिचालन र नेतृत्व विकाससम्बन्धी समूह सुदृढीकरणको तालिम समेत समूहमा आबद्ध लक्षित वर्गका महिला तथा किसान सदस्यहरूको सहभागितामा आयोजना गरिएको थियो। साथै, समूहको आवश्यकता र आबद्ध सदस्यहरूको जिम्मेवारीबारे समेत अभिमुखीकरण गरिएको बिसलपुर निगरानी समूहकी अध्यक्ष मायादेवी शिलाकारले जानकारी दिएकी छिन्।
बहुउद्देश्यीय विकास समाज डडेलधुरा र एक्शनएड नेपालको साझेदारीमा सञ्चालित स्थानीय अधिकार कार्यक्रम – ४८ को सहयोगमा परशुराम नगरपालिकाका लक्षित समूहका महिला, साना किसान, युवा र मजदुरहरूसँग उनीहरूको हक–अधिकारका लागि अभिमुखीकरण गर्नुका साथै गरिबी निवारण गर्न व्यवसायसँग समेत जोडिएको छ। यस आर्थिक वर्षमा मात्रै लक्षित समुदायका ४ महिला र २ युवालाई स्वरोजगार बनाउन ३ महिला र १ युवालाई ठेला व्यवसाय तथा २ जनालाई आरन व्यवसायमा नगद सहयोग गरी व्यवसायमा जोडिएको छ। साथै, परशुरामका ३ वटा विद्यालयलाई नमुना बनाउने गरी अनुदान सहयोग दिएको साझेदारी संस्था एमपीडीएस डडेल्धुराले जानकारी दिएको छ।


यस स्थानीय अधिकार कार्यक्रम अन्तर्गत परशुराम नगरपालिकाका लक्षित समुदायका ४ वटा साना किसान समूहहरूलाई यस्तै प्रकृतिको तालिम प्रदान गरिने परियोजना संयोजक धनबहादुर भण्डारीले जानकारी दिनुभएको छ। साथै, विद्यालय सुरक्षा योजना र बालबालिकालाई प्रकोपबाट सुरक्षित राख्ने तालिम समेत दिइने संयोजक भण्डारीले बताए ।
कार्यक्रमको अन्त्यमा सहभागी कृषकहरूले आगामी दिनमा रासायनिक मलको प्रयोगलाई न्यूनीकरण गर्दै जैविक तथा वातावरणीय कृषि प्रणालीलाई व्यवहारमा उतार्ने र समूहलाई अझ व्यवस्थित ढङ्गले सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन्।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.