आलितालका-१ का पहिरोपीडितलाई राष्ट्रिय वनको खुला क्षेत्रमा राखिने

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुराः डडेल्धुराको आलिताल गाउँपालिका–१ का पहिरोको त्रासले विद्यालय भवनमा रात कटाइरहेका स्थानीयलाई राष्ट्रिय वनको खुला क्षेत्रमा राखिने भएको छ।

बुधबार जिल्ला विपद् व्यवस्थापन समितिको बसेको बैठकले वडा नम्बर १ कै पोखरी स्थित राष्ट्रिय वनको खुला क्षेत्रमा बसोबासको व्यवस्था मिलाउने निर्णय गरेको हो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

डडेल्धुराका प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेका अनुसार पहिरो पीडितका लागि गृह मन्त्रालयसँग २२ थान चाइनिज टेन्ट, एक सय थान त्रिपाल र एक सय थान ब्ल्याङकेट उपलब्ध गराइदिन अनुरोध गर्ने निर्णय भएको बताए।

‘अहिले उहाँहरूलाई जनज्योति आधारभूत विद्यालय सियलामा राखिएको छ। आवश्यक व्यवस्थापन आलिताल गाउँपालिकाले गरिरहेको छ,’ प्रजिअ न्यौपानेले भने, ‘विद्यालयको पठनपाठन समेत प्रभावित हुने हुँदा अस्थायी व्यवस्थापन गर्न लागिएको हो।’

उनकाअनुसार अन्य आवश्यक राहत र उद्दारका सामग्रीका लागि प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा अनुरोध गर्ने निर्णय समेत भएको छ।

आलिताल–१ को मालागाउँ र भोकागाउँका २२ परिवार घरमाथिको डाँडाबाट ढुङ्गा खस्न थालेपछि नजिकैको जनज्योति आधारभूत विद्यालय सियलामा बसिरहेका छन्।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.