डडेल्धुराको आलितालमा विद्यार्थीद्वारा बाटो सरसफाई

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

सावन २८
डडेल्धुराको आलितालमा रहेको दुर्गा माध्यमिक बिद्यालयका विद्यार्थीले बाटो सरसफाई गरेका छन् । पालिकाको अग्रगी विद्यालयको रुपमा रहेको दुर्गा माध्यमिक बिद्यालय जाने बाटो विद्यार्थीले सफाई गरेका हुन् ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

बर्षातको समयमा गोदाम देखि दुर्गा माध्यमिक विद्यालय जाने बाटो पक्की भएता पनि चिप्लो भएका कारण हिडदुल गर्न समस्या भए पछि बाटोको सरसफाई गरिएको शिक्षक इन्द्र साउदले बताए । उनका अनुसार विद्यालयको बढी भन्दा बढी विध्यार्थी उक्त बाटोबाट आवत जावत गर्ने भएकाले घटनाको जोखिमलाई कम गर्न बाटो सफाई गरिएको बताए । उसो त साउदले विद्यालय समुदायको एक हिस्सानै भएको बताउदै समुदायमा हुने हरेक सामाजिक क्रियाकलापमा विद्यालयलाई जोड्नु पर्ने बताउछन् । उनले भने विद्यालय एक मिनि समुदाय नै हो, साथसाथै विद्यार्थीहरूले श्रमप्रति सधै सम्मान र सकारात्मक हुनु आवश्यक हुन्छ भन्ने हाम्रो विद्यालयको मुल स्प्रिट रहेको समेत बताए ।

शिक्षक साउदले केहि दिन अगाडी सामाजिक संजालमा पोष्ट गर्दै उक्त बाटोलाई सरसफाई गर्न सहयोगको अपिल गरेका थिए तेसै सुचनाको आधारमा सरसफाई कार्यक्रममा आलिताल गाउंपालिका पूर्व उपाध्यक्ष जला कुमारी बिष्ट (बोगटी) शिक्षक,खेलाडी नबिन गाहामगर लगायत अन्य समाजसेबिहरुले समेत सरसफाईमा सहयोग गरेका थिए ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.