बैतडीको एक सुनचाँदी पसलमा आगलागी,पुरै पसल जलेर खरानी

sc mahendra

बैतडीः बैतडीको सदरमुकाम स्थित एक सुनचाँदी पसलमा आगलागी भएको छ।

जिल्लाको दशरथचन्द नगरपालिका –४ शाहीलेक बजारस्थित शुभलक्ष्मी सुनचाँदी पसलमा गहना बनाउने क्रममा सिलिण्डरबाट लिक भएर आगलागी भएको प्रहरीले जनाएको छ। सिलिण्डरबाट सल्केको आगो तेजावमा समेत सल्केको थियो। आगलागीका कारण पुरै पसल जलेर खरानी भएको सुनचाँदी पसलका सञ्चालक प्रदीप गहतराजले बताए।
पसलमा आगो सल्किदा स्थानीयले तुरुन्तै आगो निभाउन जुटेपछि छेउछाउका पसलमा आगो सल्कन नपाएको स्थानीय महेशदत्त भट्टले बताए। नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयहरुको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो। आगो नियन्त्रणमा लिनका लागि दशरथचन्द नगरपालिकाको दमकल पनि प्रयोग गरिएको थियो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

पसलमा आगलागी हुँदा भएको क्षतिको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले बताए।

You might also like
Leave A Reply

Your email address will not be published.