“जेनजी आन्दोलन: वास्तविक विद्रोह कि बाह्य शक्तिको सूक्ष्म योजनाको परिणाम ?”

sc mahendra

भाद्र २६ , अघिल्लो दिनसम्म सामान्य जस्तै सुनिने जेनजीहरुको, जब आन्दोलन सुरु भयो, २४ घण्टा नबित्दै सरकारको होस हरायो । संसारमा कहि पनि, कहिल्यै पनि, यति द्रुतरुपमा सत्ताको सात्तो गएको इतिहास नै छैन ।

तर, जब प्रधानमन्त्रीको राजिनामा आयो, तब देश शान्त हुनु पर्थ्यो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

तर, भयो उल्टो ।

प्रधानमन्त्रीको राजिनामा सङ्गै सिंहदरबार जल्यो, देश जल्यो, दस्तावेज जल्यो, नक्सा जल्यो, प्रमाण जल्यो, इतिहास जल्यो, कालापानी, लिपुलेक र लिम्पियाधुराको सपना जल्यो ।

देशमा सेना थियो, तर, देशको सेना सिंहदरबारको छेउमा बसेर आगो तापिरह्यो, निभाउन आएन । किनकि, ´सेना जनताको पक्षमा थियो, रास्ट्र, रास्ट्रियता र लोकतन्त्र बचाउदै थियो ।` तर, जब देश खरानि भयो, त्यहि खरानी निधारमा दलेर, रातको १० बजे, फेरि त्यसै ´रास्ट्र, रास्ट्रियता र लोकतन्त्र बचाउन´ सेना सडकमा आइपुग्यो ।

सेना किन त्यसो गर्‍यो ! सेनाको भुमिका के हुनु पर्थ्यो ! सेनाको भुमिका स्वभाबिक हो या संकास्पद ! सैनिक शासनको झल्को दिइरहेको अहिलेको समयमा म केहि बोलिन । त्यसको बिश्लेषण गर्ने जिम्मा तपाइकै ।

अब,
आजसम्म आइपुग्दा देशमा के हुदैछ त ?

आन्दोलनको नेतृत्व गरेका तिनै जेनजीहरु बिच झडप हुदैछ । अमुक ब्यक्तिहरु आर्मी हेडक्वाटर भित्र निर्बाध आवत जावत गर्दै छन । एक पछि अर्को प्रधानमन्त्रीका उम्मेदवार जन्माइदैछन अनि पन्छाइदैछन । जनतामा अराजकता र अनिश्चितताको डर सृजना गराइदैछ र यसरी बाह्य शक्तिको मध्यस्थता को अपरिहार्यता अन्तर्राष्ट्रिय जगतमा बोध गराइदैछ ।

अब एक छिन म तपाईंहरुलाई बिगतका कालरात्रीहरुमा निसास्सिरहेका प्रश्न तर्फ डोर्‍याउन चाहन्छु ।


के तपाईंहरूलाई लाग्छ कि राजा बिरेन्द्रको बंश बिनास ज्ञानेन्द्रले गर्‍यो ?
मदन भण्डारीको मृत्यु माकुनेहरूले गराए ?
१० वर्षे गृहयुद्धको नेतृत्व प्रचण्डले मात्र गरे ?
राजतन्त्र फाल्ने र गणतन्त्र ल्याउने काम त्यो बेलाका सात दल र माओवादीले मात्रै गरे ?
अनी, देशमा जे अहिले भइरहेको छ के त्यो साच्चिकै जेनजी ले नै गरे त ?

भगवद गीताको अध्याय ११, श्लोक ३३ मा भगवान श्री कृष्ण भन्नुहुन्छ,
“हे अर्जुन! तिमी कर्ता जस्तो देखिन्छौ, तर सम्पूर्ण कर्महरू मेरो नियमद्वारा सञ्चालित छन्।
म नै सम्पूर्ण सृष्टिको आधार हुँ, तिमी त केवल निमित्त (साधन) मात्र हौ।
यो सम्पूर्ण जगत् मेरो नियममा चलिरहेको छ।
तिमी युद्धमैदानमा उभिएको छौ,
तर तीर चलाउने प्रेरणा, शक्ति र परिणाम — सबै मेरो हातमा छ।

गीतामा भगवान श्री कृष्णले भने झै सत्य यो हो कि यो जेनजी को आन्दोलन पनि तपाई हामीलाई नै प्रयोग गरेर नेपाललाई अस्थिर पार्दै आफ्नो भूराजनीतिक र सामरिक हित पूरा गर्न, अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरूले वर्षौंदेखि बनाएको योजना र त्यसको सूक्ष्म व्यवस्थापनको सफल कार्यान्वयन मात्रै हो ।

जसरि भगवद्गीतामा श्रीकृष्णले अर्जुनलाई भने —
“तिमी कर्ता जस्तो देखिन्छौ, तर तिम्रा सम्पूर्ण कर्म मेरो निर्देशनमा सञ्चालित छन्; तिमी केवल पात्र मात्र हौ” —
त्यसैगरी, यी सबै घटनाहरूको वास्तविक नियन्त्रक र परिणाम निर्धारण गर्ने तिनै बाह्य शक्तिकेन्द्रहरू हुन्, र हाम्रो राष्ट्रिय इतिहासको दृश्यमा देखाइएका बिभिन्न पात्रहरूमा कोही तिनका षड्यन्त्रका केबल सिकार मात्र हुन भने कोही तिनैले निर्देशकको कथामा नृत्य गर्ने नाट्यकार ।

एउटा सानो उदाहरण पेस गर्छु । आज सम्म कुनै पनि आन्दोलनकारी प्रवेश गर्न नसकेको र देशको अतिनै संबेदनसिल क्षेत्र संसद भवन अगाडी जेनजी आन्दोलनकारी पुग्दा सम्म पनि अतिनै संमयित भएर बसेको नेपाल प्रहरीलाई गोली चलाउन बाध्य बनाउने कामको नेतृत्व- भिडलाई योजनाबद्द,रुपमा डोर्‍याइरहेका उच्च तहको तालिम प्राप्त ब्यक्तिले गरिरहेका थिए । भिडले संसद भवनको बार तोडेर भित्र जादा सम्म पनि उनिहरुले अपेक्षा गरे अनुसारको मानबीय क्षति नभए पछि सुरु भयो उनिहरुको – Plan B – भिड भित्रै बाट उनिहरु आफै गोलि चलाउन थाले । किन कि १/२ जना मात्रै युवा मर्दा सम्म पनि जन आक्रोश यो तहमा पुग्ने कुरै थिएन । देश यसरी जलाउन कम्तिमा पनि उनिहरुलाई दिइएको टार्गेट बराबरको संख्या अनुसार्को युवा मर्नौ पर्थ्यो र त्यहि योजना बमोजिम युवा मरे अथवा मारिए । त्यति मात्रै होइन संसद भवन भित्र ३२ जना युवाको लास रहेको हल्ला पनि फैलाइयो ।

पहिलो दिनको मानबिय क्षेतीले स्वभावैले जनआक्रोश ले सिमा नाघ्यो । तपाई हामी सबै बिच्छिप्त भयौं र स्वभावतः आन्दोलनमा होमियौ र होमिनु पनि पर्थ्यो । युवाको रगतले हामी आगो भयौं र त्यहि आगोले देश जलायो । तर, फेरि पनि त्यसको योजना बुन्ने र जलाउन चाहिने स्रोत साधनहरु पनि उनिहरुकै थियो ।

यसरी, आफ्नो देश आफै बनाउने सपना बोकेर छातीमा गोली थापेर आफ्नै देश र यसको इतिहास जलाउन, जानी नजानी स्वतस्फूर्त अग्रसर भयौं । यसरी, कृष्ण उनिहरु भए (कलियुगका) अनि हामी अर्जुन । आगो लगाउने हात हाम्रा थिए तर त्यसको प्रेरणा, शक्ति र परिणाम उनिहरुको ।

के घटनाक्रम अब यत्तिकैमा सकिएला त ? नेपाल जे जसरी, जे जति जल्यो यत्तिमै उनिहरुको स्वार्थ पुरा भयो होला त ? अहिले त उनिहरुले मैदान मात्रै खाली गरेका हुन, अहिले त केबल सरसफाइकर्मी मात्रै आएका हुन । बास्तबिक खेलाडी त आउनै बाकि छन, बास्तबिक खेल खेल्नै बाकि छ । जब खेल खेल्न सुरु हुनेछ त्य अन्तहिन हुनेछ ।

कुराहरु थुप्रै छन तर पढ्नेहरुको लागि पनि त समयको पाबन्दि छ । त्यसैले यो भन्दा बढि लामो अहिलेलाई लेखिन, आबस्यक परे थप प्रस्ट पार्दै जाउला । तर, अब यो बिषम परिस्थितिमा देश जोगाउन फेरि एक पटक विवेकपुर्ण अनि कठोर निर्णय चाहि हामीले लिनै पर्छ । कसैलाई त नेतृत्व सुम्पनु नै छ ।

अब बिन्ती छ – बिदेशीले फालेको हड्डी चाटेर देश बेच्ने लेन्डुपहरुलाई होइन, बरु, पुर्खाको माटोमा अंश लाग्ने सामन्ती बंशलाई नै यो देश सुम्पौ ।

गणतन्त्र नरहे फेरी पनि आन्दोलन गरौंला, तर, देशै नरहे के गरौला ?

नेपाल आमाको जय !!!

लेखक :
प्रकाश भट्ट
डडेल्धुरा
(हाल काठमाडौं बाट)

You might also like
Leave A Reply

Your email address will not be published.