परशुराममा स्वास्थ्यकर्मीका लागि तिन दिने क्षमता अभिबृद्धी तालिम शुरु

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

भाद्र ११ गते
डडेलधुराको परशुराममा स्वास्थ्यकर्मीका लागि तिन दिने क्षमता अभिबृद्धी तालिम शुरु भएको छ ।
युनिसेफ नेपालको सहयोग,परशुराम नगरपालिका डडेलधुराको सहकार्य तथा बास नेपालको आयोजनामा उक्त तालिम शुरु भएको हो ।
तालिमको अनौपचारिक उद्घाटन कार्यक्रममा बोल्दै परशुराम नगरपालिका स्वास्थ्य शाखा प्रमुख तेज बहादुर सिंहले स्वास्थ्यकर्मीको क्षमता अभिबृद्धी स्वास्थ्यकर्मीहरुको ब्यक्तिगत ब्यवहार र कार्यशैलीमा यो तालिमले परिवर्तन ल्याउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । सामाजिक ब्यवहार परिवर्तन हरेक ब्यक्तिका लागि आवश्यक हुने भन्दै तालिम पश्चात स्वास्थ्य सुधारमा सहयोग पुग्ने उनको भनाई थियो ।
उद्घाटन सत्रमा स्वागत तथा तालिमको उद्देश्य माथि प्रकास पार्दै बास नेपालका अनुगमन अधिकृत हरि प्रसाद जोशीले नगरपालिका क्षेत्रमा सञ्चालन हुने परियोजनाका क्रियाकलापहरुमा सहकार्य गर्दै तालिमले स्वास्थ्यको पहुँचबाट टाढा रहेका ब्यक्तिलाई स्वास्थ्य सेवा पहुँचमा ल्याउन सहयोग पुग्ने बताए । उनले स्वास्थ्य सुचकहरु सुधार गर्न तालिमको आयोजना गरिएको समेत बताए ।
तालिममा परशुराम नगरपालिका अन्तरगत २० जना स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको छ ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.