अछाममा चितुवाको आक्रमणबाट तीन जना घाइते

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

अछामः अछाममा चितुवाको आक्रमणबाट तीन जना घाइते भएका छन्।

जिल्लाको रामारोशन गाउँपालिका –६ भटाकाटियाकी अन्दाजी ३५ वर्षीया हैकला साउँद घाइते भएकी छन्। हैकलालाई गोठको छाना नजिकै घाँस काट्नेक्रममा गोठको छानामा लुकेर बसेको चितुवाले आक्रमण गरेको हो। यस्तै सोहि पालिकाकै २१ वर्षीय सुर्यबहादुर साउँद र ३७ वर्षीय जगत साउँदलाई गोठभन्दा करिब पाँच सय मिटर टाढा मकैवारीमा घाइते अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक राजेन्द्र साउँदले बताए।
तीनै जनाको स्वास्थ्य अवस्था भने सामान्य रहेको प्रहरी निरीक्षक साउँदले बताए। चितुवाले आक्रमण गर्नेबित्तिकै हैकलाले हल्ला गरेकाले नजिकैका व्यक्तिहरु आएपछि चितुवा भागेको थियो।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.