अछाममा एक युवकलाई ढुङ्गाले हानेर हत्या गर्ने युवती काठमाडौँबाट पक्राउ

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा, अछाममा एक युवकको हत्या भएको विषय सार्वजनिक भएको छ। जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ८ का १८ वर्षीय दिपेन्द्रबहादुर शाहीको हत्या भएको हो।

Dadeldhura Hospital

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उक्त हत्याको आरोपमा छिमेकीसमेत रहेकी ३० वर्षीया लक्ष्मी सुनार काठमाण्डौबाट पक्राउ परेकी छन्। गत शुक्रवार सुनारसहित सात जनाको समूहले शाहीमाथि आक्रमण गरेका थिए।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

फेसबुक मार्फत भएको झगडाका कारण शाहीको टाउकोमा १५ वर्षीय एक किशोरले ढुङ्गाले हानेका थिए। किशोरको ढुङ्गा लागेर बेहोस भएका शाहीको सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको अछाम प्रहरीले बताएको छ। सुनारसहित घटनामा सङ्लग्न रहेका सातै जना पक्राउ परेका अछाम जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले बताए। सुनारलाई समेत काठमाडौँबाट प्रहरीले बिहीवार अछाम ल्याइदैछ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.