Citizan

अछाममा एक युवकलाई ढुङ्गाले हानेर हत्या गर्ने युवती काठमाडौँबाट पक्राउ

suchana alital
Chure

डडेल्धुरा, अछाममा एक युवकको हत्या भएको विषय सार्वजनिक भएको छ। जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ८ का १८ वर्षीय दिपेन्द्रबहादुर शाहीको हत्या भएको हो।

lali

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उक्त हत्याको आरोपमा छिमेकीसमेत रहेकी ३० वर्षीया लक्ष्मी सुनार काठमाण्डौबाट पक्राउ परेकी छन्। गत शुक्रवार सुनारसहित सात जनाको समूहले शाहीमाथि आक्रमण गरेका थिए।

glam &
dipti
Citizan

फेसबुक मार्फत भएको झगडाका कारण शाहीको टाउकोमा १५ वर्षीय एक किशोरले ढुङ्गाले हानेका थिए। किशोरको ढुङ्गा लागेर बेहोस भएका शाहीको सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको अछाम प्रहरीले बताएको छ। सुनारसहित घटनामा सङ्लग्न रहेका सातै जना पक्राउ परेका अछाम जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले बताए। सुनारलाई समेत काठमाडौँबाट प्रहरीले बिहीवार अछाम ल्याइदैछ।

Jorayal
Tarkari
You might also like
Leave A Reply

Your email address will not be published.