आलितालले गर्यो ५ सय ८२ जना विद्यार्थीलाई निःशुल्क पोषाक वितरण

sc mahendra

डडेल्धुरा : डडेल्धुराको एक विद्यालयको विद्यार्थीलाई निःशुल्क पोषाक वितरण गरिएको छ। जिल्लाको आलिताल गाउँपालिका ८ मा रहेको दुर्गा माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई निःशुल्क पोषाक वितरण गरिएको हो।

वडा भित्र रहेको श्री दुर्गा माध्यमिक विद्यायलका विद्यार्थी र सोहि विद्यायलयमा बाली विज्ञानमा अध्ययनरत ३ सय ८५ जना विद्यार्थीलाई विद्यार्थी निःशुल्क पोषाक वितरण गरिएको वडा अध्यक्ष धन बहादुर देउबाले जानकारी दिए।

अध्यक्ष देउबाका अनुसार विद्यालयमा अध्ययनरत बाल बिकास देखि कक्षा १२ सम्म र वाली विज्ञानका विद्यार्थी लगाएर ५ सय ८२ जना मध्ये आज ३ सय ८५ जनालाई वितरण गरिएको र बाकि २ सय ३२ जनालाई भोली वितरण गरिने बताए ।

पोषाक वितरण गर्न पुगेका पालिका अध्यक्ष शेर सिंह पार्कीले संघिय सरकारको “एक पालिका एक नमुना विद्यालय” अन्तर्गत दुर्गा माध्यमिक विद्यालयलाई नमुना विद्यालय बनाउन लागिएको बताए । उनले भने भोली हाम्रो कार्यपालिका बैठक छ हामी भोली नै दुर्गा माध्यमिक विद्यालयलाई पालिकाको नमुना विद्यालय बनाउने निर्णय गरेर सिफारिस गर्ने बताए ।
पालिका भित्र अरुपनि विद्यालय छन् तर दुर्गा माध्यमिक विद्यालयका विद्यार्थीलाई मात्र किन पोषाक ? भन्ने प्रश्नमा अध्यक्ष पार्कीले पालिकाकै अग्रगी विद्यालय,शिक्षाको गुणस्तरमा सबै भन्दा अगाडी रहेको साथै विभिन्न अतिरिक्त क्रियाकलापमा अगाडी,हरेक बर्ष राष्ट्रपति रनिङ शिल्डको विजेता साथै पालिका भित्रकै अभिभावक विद्यालयको रुपमा रहेको हुदा दुर्गा माध्यमिक विद्यालयलाई नमुना बनाउने योजना संगै पोषाक वितरण गरिएको बताए । दियालोखबरको कुराकानीमा उनले चालू आर्थिक वर्ष २०८०/८१ को वडा न. ८ को ४ लाख बजेट र पालिकाको ५ लाख बजेटबाट विद्यार्थीलाई एक एक थान पोषाक वितरण गरिएको बताए ।
कडा सुरक्षासंगै राप्रपा अध्यक्ष लिङ्देनले महेन्द्रनगरमा राजा महेन्द्रको शालिक राख्दै

बझाङमा जीप दुर्घटना,दुई जना घाइते

एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि धनकुटामा मुक्का प्रहार

चेतना साना किसान कृषि सहकारी संस्थाको साधारण सभा मंसिर ३० गते हुने

 

You might also like
Leave A Reply

Your email address will not be published.