कडा सुरक्षासंगै राप्रपा अध्यक्ष लिङ्देनले महेन्द्रनगरमा राजा महेन्द्रको शालिक राख्दै

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

कञ्चनपुर: राष्ट्रिय प्रजातन्त्र पार्टीले आज कञ्चनपुरको महेन्द्रनगरमा राजा महेन्द्रको शालिक स्थापना गर्दैछ।

महेन्द्रनगरको संविधान चोकमा राप्रपाले शालिक स्थापना गर्ने भएको हो। पार्टीले शालिक स्थापना गर्ने भएसँगै सुरक्षा व्यवस्था कडा पारिएको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

महेन्द्रनगर बजार क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। शालिक स्थापना हुने क्षेत्र संविधान चोकसहित दशरथ, मदन चोकमा आवजावतमा रोक लगाइएको हो।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको उपस्थितिमा आज आम सभा हुँदैछ। शालिक स्थापना र आम सभालाई सम्बोधन गर्न पार्टी अध्यक्ष लिङ्देन कञ्चनपुर पुगिसकेका छन्।

शालिक स्थापनाविरुद्ध जिल्लाका ८ राजनीतिक दलले विज्ञप्ति निकालेका थिए।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.