आलिताल: डडेल्धुराको आलितालमा रहेको चेतना साना किसान कृषि सहकारी संस्थाको बार्षिक साधारण सभा हुने भएको छ । आलितालको गोदाममा कार्यालय रहेको चेतना साना किसान कृषि सहकारीको ११ औं बार्षिक साधारण सभा मंसिर ३० गते (शनिबार) पालिकाको प्रांगणमा हुने भएको हो ।
करिब १३ बर्ष अगाडी स्थापना भएको सहकारी संस्थाले हरेक बर्ष आफनो बार्षिक साधारण सभा गदैै आएको छ । बार्षिक कार्य तालिका अनुसार नै संस्थाको बार्षिक साधारण सभा गर्न लागएिको संस्थाका अध्यक्ष कृष्ण दत्त जोशीले बताए । उक्त संस्थामा अहिले दुई हजार ७६ जना शेयर सदस्य आबद्ध छन् भने ३ करोड ३४ लाखको कारोबार गरिरहेको छ ।