खप्तड राष्ट्रिय निकुञ्जमा बन्दुक सहित एक जना पक्राउ

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

डडेल्धुरा, खप्तड राष्ट्रिय निकुञ्जमा बन्दुकसहित एक जना पक्राउ परेका छन् । निकुञ्जको मध्यवर्ती क्षेत्रमा अछामको साँफेबगर नगरपालिका-१४ मा पर्ने दुनि पातलकोटस्थित पाटे वनमा एक थान बन्दुकसहित एक जना पक्राउ परेका हुन् ।

खप्तड राष्ट्रिय निकुञ्जका वार्डेन सरोज मणि पौडेलका अनुसार ती व्यक्तिलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ बमोजिम अनुसन्धान हुने र अवैध हातहतियार लिएर रातको समयमा जङ्गल प्रवेश गरेकोले हातहतियार तथा खरखजाना सम्बन्धी ऐन बमोजिम अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय अछाममा बुझाइने छ ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.