लामो समयदेखि बजेटविहीन सुदूरपश्चिममा बुधबार बजेट आउँदै

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

धनगढी : लामो समयदेखि बजेटविहीनताको अवस्थामा रहेको सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट प्रदेशसभामा पेश गर्ने तयारी अन्तिम चरणमा पुर्‍याएको छ।

प्रदेश सरकारले बुधबार प्रदेशसभामा बजेट प्रस्तुत गर्ने तयारी गरेको हो। प्रदेश सरकारका प्रवक्ता एवं उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाश रावलका अनुसार आर्थिक मामिला मन्त्रालयले तोकेको बजेट सीमाभित्र रहेर विषयगत मन्त्रालयहरूले योजना तथा कार्यक्रम प्रणालीमा प्रविष्ट गर्ने काम अघि बढाएका छन्।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

मन्त्री रावलका अनुसार यसअघि तय भएका वार्षिक कार्यक्रमलाई आवश्यक संशोधनसहित मन्त्रालयहरूले बजेट प्रणालीमा इन्ट्री गरेका छन्। केही मन्त्रालयले भने अझै योजना प्रविष्ट गर्ने काम पूरा गर्न बाँकी रहेको जनाइएको छ।

Dadeldhura Hospital

बुधबार बजेट पेश गर्ने तयारीसँगै प्रदेशसभाको बैठक आह्वानका लागि मंगलबार कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ। बैठक बिहान ११ बजे सभामुख भीमबहादुर भण्डारीको कार्यकक्षमा बस्नेछ। समितिको बैठकले प्रदेशसभाको बैठक बोलाउने विषयमा निर्णय गर्नेछ।

यसअघि तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारले ल्याएको चालु आर्थिक वर्षको बजेट प्रदेशसभाबाट पारित हुन सकेको थिएन। बजेट पारित हुन नसकेपछि प्रदेशको राजनीतिक समीकरणसमेत फेरिएको थियो। त्यसपछि एमालेको समर्थनमा नेकपाका खगराज भट्ट मुख्यमन्त्री बनेका थिए।

बजेट पारित हुन नसक्दा प्रदेशमा राजस्व संकलनको काम भने जारी रहे पनि सरकारी खर्च गर्न समस्या हुँदै आएको छ। बजेट अभावका कारण प्रदेशमा आंशिक बजेट शून्यताको अवस्था सिर्जना भएको छ।

मुख्यमन्त्री भट्टले यसअघि भदौ मसान्तभित्रै बजेट ल्याउने प्रतिबद्धता जनाएका थिए। तर उक्त समयसीमा पूरा हुन सकेन। त्यसपछि उनले छिट्टै बजेट ल्याउने बताउँदै आएका थिए।

सरकारले अब भने असोजको तेस्रो साताभित्र चालु आर्थिक वर्षको बजेट प्रदेशसभामा पेश गर्ने तयारी गरेको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.