डोटीमा भालुको आक्रमणबाट एक महिला घाइते

sc mahendra

डोटीः जंगलमा घाँस काट्दै गरेकी एक महिलालाई डोटीमा भालुले आक्रमण गरी घाइते बनाएको छ।

शनिबार दिउँसो भालुको आक्रमणबाट आदर्श गाउँपालिका–२ कुचेडाकि २४ वर्षीया देउसरा बोहरा घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी सिताराम विष्टले बताए। विष्टका अनुसार भालुको आक्रमणबाट बोहराको बायाँ हात, दाहिने खुट्टा र कम्मरमा चोट लागेको छ।घाइते महिलालाई थप उपचारका लागि मौवा स्वास्थ्य चौकीबाट सेती प्रादेशिक अस्पताल धनगढी रिफर गरिएको प्रहरीले जनाएको छ।

You might also like
Leave A Reply

Your email address will not be published.