छात्रामाथि दुर्व्यवहार गरेको आरोपमा एसपीएका प्राध्यापक भण्डारी पक्राउ

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

धनगढीः छात्रामाथि दुर्व्यवहार गरेको आरोपमा एसपीएका एक प्राध्यापक पक्राउ परेका छन् । कैलालीको धनगढीमा रहेको सुदूर पश्चिमाञ्चल एकेडेमीका ३३ वर्षीय प्राध्यापक डिल्लीराज भण्डारी शनिवार पक्राउ परेका हुन्।

Dadeldhura Hospital

होटेल व्यवस्थापन तर्फका संयोजक रहेका भण्डारीले शैक्षिक भ्रमणबाट फर्किदा छात्रामाथि दुर्व्यवहार गरेको भन्दै उजुरी परेको थियो। एकेडेमीमा सो विषयलाई लिएर विद्यार्थी र प्राध्यापकहरूका बिचमा विवाद भएपछि प्रहरीले भण्डारीलाई नियन्त्रणमा लिएको कैलाली प्रहरीले बताएको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुलदिप चन्दले मनकामनाका लागि शैक्षिक भ्रमणमा गएर फर्केने क्रममा बसभित्र भण्डारीले छात्रालाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरिएको बताए। आज(आइतवार) सो सम्बन्धमा छलफल गरिने प्रहरीले जनाएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.