बझाङमा मेरिगोल्ड बोडिङ्गको शाखा विस्तार

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

रमेश बहादुर सिंह
बझाङ: बझाङ मेरिगोल्ड विद्यालयलले आफनो शाखा विस्तार गर्ने भएको छ । विद्यालयलको शाखा जयपृथ्वी नगरपालिका वडा नं १ मा संचालन हुने भएको हो। यसै शैक्षिक सत्रबाट सुरु हुने गरी कक्षा नर्सरी देखि ३ सम्म संन्चालन हुने विद्यालयका संचालक सन्तोष सिंहले बताए।
बिपन्न गरिव परिवारका पाँच जना विद्यार्थीलाई निःशुल्क पढाउने उद्देश्य सहित विद्यालयको स्थापना गर्न लागेको उहाँको भनाइ रहेको छ। शैक्षिक क्षेत्रमा सुधार ल्याउन उद्देश्यले र सरकारी विद्यालयको पढाई भन्दा केही फरक तरिकाबाट बालबालिकाको पढाईमा सुधार ल्याउन विद्यालयको शाखा विस्तार गरेको बताए।
सदरमुकाम चैनपुरबाट १४ किलोमिटर टाढा रहेको यस जयपृथ्वी नगरपालिका १ मा बोडिङ्ग स्कूल संचालन गर्दा धेरै विद्यार्थीहरुलाई पढ्न सहज हुने उनले बताएका छन्। गाउँ घरबाट सदरमुकाम चैनपुर आउन समय लाग्ने र कोठा लिएर बसे धेरै खर्च हुने भएकाले आफुहरुले अभिबाक र विद्यार्थीको मनोभावना बुझेर गाउँमा नै बोडिङ्ग स्कूल संन्चालन गर्न लागेको समेत बताउनुभयो।
संचालक सिंहका अनुसार बैशाख २ गतेबाट भर्ना अभियान सन्चालन गरेर १५ गते बाट पढाई सुरु हुनेछ ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.