कैलालीबाट भन्सार छलीका सामान बरामद

sc mahendra

धनगढीः कैलालीबाट भन्सार छलीका सामान बरामद गरिएको छ। जिल्लाको धनगढी उपमहानगरपालिका–९ बङग्राकटान, त्रीवेणीघाट र जोशीपुर गाउँपालिका– झबहीबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका करिब मूल्य ६१ हजार, ६ सय मूल्य बराबरको भन्सार छलीको सामान प्रहरीले बरामद गरेको हो।

उक्त मूूल्य बराबरको प्याज, चिनी, च्याउ, बिडी,सुर्ती, पास्ता, पनिर मसाला, सिद्रा माछा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

You might also like
Leave A Reply

Your email address will not be published.