बैतडीमा जिप दुर्घटना: ६ गम्भीर घाइते, चालक फरार

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

बैतडी, सिगास गाउँपालिका–१ मा जिप दुर्घटना हुँदा ६ जना गम्भीर घाइते भएका छन्। सुपप्र ०१ ००१ च ४०२८ नम्बरको जिप माँडौ भन्ने स्थानमा दुर्घटनाग्रस्त भएको हो।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता निरीक्षक बलराम पाण्डेयका अनुसार घाइतेहरूमा १९ वर्षीया पार्वती धामी, १४ वर्षीया जयन्ती धामी, ४० वर्षीय तुलसी धामी, १६ वर्षीया निरा धामी, १८ वर्षीया कमला धामी र १४ वर्षीया धौली धामी छन्।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

घाइते सबैको अवस्था गम्भीर रहेको र उनीहरूलाई उद्धार गरी डडेल्धुरा अस्पताल पठाइएको छ। जिपमा चालकसहित ८ जना सवार थिए भने चालक दुर्घटनापछि फरार भएको प्रहरीले जनाएको छ।

शनिबार बिहान करिब ५ बजे जिप सडकबाट ५०० मिटर तल खसेको थियो। घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

 

प्रहरीले चालकको खोजी गरिरहेको र दुर्घटनाको कारणबारे अनुसन्धान जारी रहेको बताएको छ ।

 

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.