डडेल्धुरा : परशुरामको कटालमा स्वर्ण जयन्ती समारोहको मिति परिवर्तन, अब फागुन ४ गतेदेखि सुरु हुने
परशुराम नगरपालिकाको कटालस्थित श्री भागेश्वर माविको स्वर्ण जयन्ती तथा अभिभावक दिवस समारोहको मिति परिवर्तन गरिएको छ। यसअघि माघ २८ गतेदेखि फागुन २ गतेसम्म सञ्चालन गर्ने योजना गरिएको यो कार्यक्रम अब फागुन ४ गतेदेखि फागुन ८ गतेसम्म सञ्चालन गरिने निर्णय भएको छ।
मिति २०८१ माघ ११ गते बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले सुदूरपश्चिम प्रदेश खेलकुद परिषदद्वारा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि आयोजना गरिने छनोट खेलको मिति उक्त अवधिसँग जुध्ने भएकोले प्राविधिक तथा व्यवस्थापनमा असहजता हुने भन्दै स्वर्ण जयन्ती समारोहको मिति परिवर्तन गर्ने निर्णय गरेको हो।
यस निर्णयसँगै सम्बन्धित अभिभावक, विद्यार्थी, शिक्षक, पूर्वविद्यार्थी, र स्थानीय समुदायलाई जानकारी गराउनका लागि यो सूचना प्रकाशित गरिएको छ। अब स्वर्ण जयन्ती कार्यक्रम फागुन ४ देखि फागुन ८ सम्म भव्य रूपमा सम्पन्न गरिनेछ।
समारोहलाई भव्य र स्मरणीय बनाउन विद्यालयले सबैको सक्रिय सहभागिताको लागि अपिल समेत गरेको छ।

डडेल्धुराको परशुराममा सर्वाधिक धनराशिको खुल्ला भलिबल प्रतियोगिता हुने
