डडेल्धुराको परशुराममा सर्वाधिक धनराशिको खुल्ला भलिबल प्रतियोगिता हुने

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा — डडेल्धुराको परशुराम नगरपालिका–४ कटालमा सर्वाधिक धनराशिको खुल्ला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। भागेश्वर माध्यामिक विद्यालय कटालले आफ्नो ५०औँ वार्षिकोत्सव तथा अभिभावक दिवस (स्वर्ण जयन्ती) का अवसरमा उक्त प्रतियोगिता आयोजना गर्ने जनाएको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेरसिंह माल ‘डायमण्ड’का अनुसार, पुरुष खुल्ला भलिबल प्रतियोगिताको विजेताले तीन लाख रुपैयाँ पुरस्कार पाउनेछ। उपविजेताले एक लाख ५१ हजार, तेस्रो हुने टिमले ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। साथै ट्रफी, मेडल र प्रमाणपत्रसमेत प्रदान गरिनेछ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

यसपटक पुरस्कार राशिमा गतवर्षभन्दा दोब्बरले वृद्धि गरिएको छ। गतवर्ष प्रथमले १ लाख ५१ हजार, द्वितीयले १ लाख १ हजार र तृतीयले ५० हजार रुपैयाँ पुरस्कार पाएको थियो। पुरुष भलिबलतर्फ टिम दर्ता शुल्क सात हजार पाँच सय निर्धारण गरिएको छ।

Dadeldhura Hospital

महिला खुल्ला भलिबलतर्फ प्रथम हुने टिमले १ लाख ५० हजार, द्वितीयले ७५ हजार र तृतीयले ५० हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जानकारी दिएको छ। महिला टिमका लागि दर्ता शुल्क चार हजार तोकिएको छ।

वार्षिकोत्सव तथा अभिभावक दिवसका कार्यक्रम माघ २८ देखि फागुन २ गतेसम्म सञ्चालन हुनेछन्। भलिबल प्रतियोगिताका लागि माघ २ देखि ११ गतेसम्म कार्यालय समयभित्र टिम दर्ता गराइसक्नुपर्नेछ।

विद्यालय व्यवस्थापन समितिका अनुसार, प्रतियोगिता सञ्चालनका लागि हालसम्म २ लाख ३२ हजार ८५ रुपैयाँ चन्दा संकलन भइसकेको छ।

कार्यक्रमले स्थानीय खेलकुदको विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.