धनगढीमा प्रहरीमाथि चक्कु प्रहारको प्रयास गर्ने युवक पक्राउ

sc mahendra

डडेल्धुरा : कैलालीको धनगढीमा एक युवाले ड्युटीमा रहेका प्रहरीलाई चक्कु प्रहार गर्ने प्रयास गर्ने युवक पक्राउ परेका छन्।

मंगलबार राति धनगढीको ट्राफिक चौराहामा ड्युटीमा रहेका प्रहरीलाई चक्कु बोकेर ‘हर हर महादेव’ भन्दै हिँडिरहेका एक युवाले आक्रमण गर्न खोजेका हुन्। प्रहरी नियन्त्रणमा लिन खोज्दा ती व्यक्तिले चक्कु प्रहार गर्न प्रहरीलाई लखेटेका थिए।

सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडिओमा प्रहरी ती युवाबाट जोगिन भागिरहेको देखिन्छ।

यद्यपि, प्रहरीले तत्कालै कारबाही गर्दै ती युवकलाई नियन्त्रणमा लिन सफल भएको छ। पक्राउ पर्ने व्यक्ति धनगढी उपमहानगरपालिका-१४ बस्ने ३६ वर्षीय टेकबहादुर टमटा रहेको जिल्ला प्रहरी कार्यालय, कैलालीले जनाएको छ।

हाल उनलाई प्रहरी हिरासतमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।

You might also like
Leave A Reply

Your email address will not be published.