५ फागुन : आधा किलो भन्दा बढी सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।
भारतको महाराष्ट्र घर भएका ३० वर्षीय भारतीय नागरिक मुकेश महादेव चाँगुलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले आइतबार पक्राउ गरेको हो ।उनीबाट प्रहरीले ७६१.६६ ग्राम सुन बरामद गरेको छ । त्यसैगरी ३ किलो १ सय ग्राम अवैध चाँदी सहित ५ लाख १० हजार नगद पनि बरामद भएको छ ।
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-९ बस्दै आएका उनलाई पक्राउ गरेर राजश्व अनुसन्धान विभाग हरिहर भवन पठाइएको परिसरका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए ।
