डडेल्धुरा: सुदूर पश्चिम प्रदेशकैआकर्षक पर्यटकीय स्थल आलितालको पूर्व भागमा निर्मित नमुना मन्दिरले धार्मिक आस्था र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
डडेल्धुरा जिल्लाको आलिताल गाउँपालिका वडा न. ३ स्थित आलिताल परिसरमा गत आर्थिक वर्षमा निर्माण सम्पन्न भएको यो मन्दिर प्रदेश सरकारको २० लाख रुपैयाँ सहयोगमा प्यागोडा शैलीमा दुई तले बनाइएको हो।
२०८० सालको फागुनमा सम्झौता भई २०८१ असारमा निर्माण पूरा भएको मन्दिरले आफ्नो आकर्षक बनावट र धार्मिक महत्वका कारण पर्यटकको ध्यान केन्द्रित गर्ने विश्वास गरिएको छ ।

आलिताल गाउँपालिका वडा नं. ३ का अध्यक्ष बलबहादुर बुढामगरका अनुसार मन्दिरले धार्मिक आस्था मात्र नभई पर्यटन र आर्थिक महत्वलाई पनि उजागर गरेको छ। आलितालमा विभिन्न पूर्वाधारहरू निर्माण भइरहेका बेला धार्मिक आस्थाको केन्द्रको रूपमा मन्दिरले थप आकर्षण थप्ने विश्वास गरिएको हो।
अहिले मन्दिरको कार्य पुरा भए पनि मन्दिरलाई सजाउने , नजिक शौाचलय बनाउने, मन्दिर जाने बाटो बनाउने, मन्दिर भित्र मुर्तिको स्थापना गर्ने लगाएतका काम भने बाकी नै रहेकाले भक्तजनका लागि खुल्ला नगरिएको वडा अध्यक्ष बुढामगरले बताए ।

आलितालमा पिकनिक स्पोर्ट्स, आराम गोलघर, प्रतीक्षालय, तालको वरिपरी फुटपाथ, भ्युटावर, आराम बेन्चहरू जस्ता संरचना तयार भइसकेका छन्।
दिनहुँ पिक्निक मनाउन आउने समूहहरूको घुइँचोले आलितालको पर्यटन सम्भावना थप उजागर गरेको छ। मन्दिरको निर्माणसँगै धार्मिक पर्यटनको सम्भावनालाई समेत टेवा पुगेको स्थानीयवासीहरूको विश्वास छ।
धार्मिक र सांस्कृतिक महत्व बोकेको यो मन्दिरले आलिताललाई थप पर्यटकीय गन्तव्यको रूपमा स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने आशा गरिएको छ।
कसरी पुग्न सकिन्छ आलिताल?
सुन्दर र पर्यटकिय स्थल आलिताल भिमदत्त राजमार्गको बुडरबजारबाट जोगबुडा सडक खण््डको १५ किलोमिटर दुरीमा रहेको आलिताल ८ घुम्तिबजारबाट १.५ किलोमिटर भित्र जानु पर्दछ । सडकको सुविमा भएको आलितालमा सवारी साधनबाट जादा मात्र १० मिनेटमा पुग्न सकिन्छ ।
पर्यटकिय स्थल आलितालमा पनि विभिन्न संस्कृति पोषाक भाडामा उपलब्ध
पर्यटकिय स्थल आलितालको अवलोकन पछि के भने ओलीले पालिका उपाध्यक्ष रावललाई !
