डडेल्धुरा : भागेश्वर माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव सम्पन्न

sc mahendra

डडेल्धुरा – डडेल्धुराको परशुराम नगरपालिका-४, कटालस्थित भागेश्वर माध्यमिक विद्यालयको ५०औं वार्षिकोत्सव तथा अभिभावक दिवस (स्वर्ण जयन्ती महोत्सव) भव्य रूपमा सम्पन्न भएको छ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष शेरसिंह माल (डायमण्ड)को अध्यक्षतामा तथा सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काको प्रमुख आतिथ्यतामा महोत्सव सम्पन्न भएको हो। समापन समारोहका विशिष्ट अतिथिहरूमा पूर्व राष्ट्रिय सभा सदस्य चक्रप्रसाद स्नेही, परशुराम नगरपालिकाका नगरप्रमुख भरत वडायर जोशी, उपप्रमुख बिमला कुमारी बोहरा महता, प्रमुख प्रशासकीय अधिकृत कल्पना भट्टलगायतको उपस्थिति रहेको थियो।

स्वर्ण महोत्सवको अवसरमा विद्यालयले सर्वाधिक धनराशिको खुला राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना गरेको थियो। फागुन ५ गतेदेखि जारी पाँच दिवसीय सांस्कृतिक महोत्सव तथा महिला-पुरुष भलिबल प्रतियोगितामा महिलातर्फ ६ र पुरुषतर्फ १० टिम सहभागी भएका थिए।

महिला भलिबल प्रतियोगितामा सुक्लाफाँटा नगरपालिका, कञ्चनपुरले उपाधि हात पारेको छ। दोस्रो स्थान बोहरा हार्डवेयर सप्लायर्स, परशुराम नगरपालिका-४, कटालले प्राप्त गर्‍यो भने तेस्रो स्थान बिरेन्द्र एण्ड लाहुरे होटल, जोगबुडाले हासिल गर्‍यो। विजेता टोलीलाई क्रमशः १ लाख ५० हजार, १ लाख र ७५ हजार नगदसहित ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक जनकराज अवस्थीले जानकारी दिए।

पुरुष भलिबल प्रतियोगितामा परशुराम यातायात प्रा.लि., जोगबुडाले उपाधि जित्यो। प्रमुख प्रशासकीय अधिकृत साफेबगर नगरपालिका, अछाम दोस्रो स्थानमा रहँदा अर्जुन वाणगण, नेपाली सेना, दह ब्यारेक, डडेल्धुराले तेस्रो स्थान हासिल गर्‍यो। विजेता, उपविजेता र तेस्रो स्थान प्राप्त टोलीलाई क्रमशः ३ लाख, २ लाख र १ लाख ५० हजार नगदसहित ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको छ। प्रतियोगिता अवधिभर भलिबल खेल विधाका उत्कृष्ट खेलाडीहरूलाई समेत पुरस्कृत गरिएको थियो।

स्वर्ण महोत्सवलाई भव्य बनाउने सबै संघ-संस्था तथा व्यक्तिहरूलाई विशेष सम्मान गरिएको थियो। सोही अवसरमा विद्यालयका संस्थापक, जग्गादाता, चन्दादाता तथा अक्षयकोष दातालाई दोसल्ला, खादा, टीका र पुष्पमालासहित सम्मान गरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष शेरसिंह माल (डायमण्ड)ले जानकारी दिए।फागुन ४ गते माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ ले उद्घाटन गरेको कार्यक्रम हिजो बिहिबार सम्पन्न भएको हो ।

 

शिक्षा पूर्वाधारको पनि पूर्वाधार हो ,पूर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठ

प्रदेश सांसद खगराज भट्टको खुलासा:मुख्यमन्त्री बन्नकै लागि चुनाव लडेँ

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, यी चार प्रदेशमा वर्षाको सम्भावना

पर्यटकिय स्थल आलितालमा बन्यो नमुना मन्दिर,पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास

You might also like
Leave A Reply

Your email address will not be published.