भारतको काश्मिरमा शक्तिशाली भूकम्प,धक्का दिल्लीसम्म

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

एजेन्सी–शनिबार भारतको काश्मिरमा शक्तिशाली भूकम्प गएको छ।

दिउँसो १२ बजेर ३० मिनेट जाँदा ५.९ रेक्टर स्केलको भूकम्प गएको हो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

भूकम्पको केन्द्रबिन्दु अफगानिस्तान र ताजिकिस्तान सीमामा जमिनको सतहबाट ८६ किलोमिटर गहिराइमा रहेको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन्।

भूकम्पको धक्का दिल्लीसम्म महसुस गरिएको थियो। भूकम्पको धक्का भारतसँगै पाकिस्तान र अफगानिस्तान पनि महसुस गरिएको थियो।

आजै भारतमा दुईपटक भूकम्पको धक्का महसुस गरिएको छ। बिहान आसाममा पनि भूकम्पको धक्का महसुस गरिएको थियो। भूकम्पका कारण भएको मानवीय वा भौतिक क्षतिबारे समाचार आउन बाँकी छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.