कैलालीबाट हतकडीसहित फरार भएकी थुनुवा महिलालाई भारतबाट पक्राउ

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

धनगढीः कैलालीबाट हतकडीसहित फरार भएकी थुनुवा महिलालाई भारतबाट पक्राउ गरिएको छ।

Dadeldhura Hospital

मानव बेचबिखन मुद्दामा पक्राउ परेर शनिवार जिल्ला सरकारी वकिलको कार्यालयबाट फरार भएकी ५० वर्षीया मिना शाही दमाईलाई भारतको पलियाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। कैलालीका प्रमुख प्रहरी उपरीक्षक९एसपी० पदमबहादुर विष्टले दमाईलाई पलियाबाट पक्राउ गरिएको पुष्टि गरे।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

उनका अनुसार दमाईलाई पलियामा लुकेको अवस्थामा पक्राउ गरिएको हो। मानव बेचबिखन मुद्दामा पक्राउ परेकी दमाईलाई म्याद थपका लागि सरकारी वकिलको कार्यालय लगेका बेला उनी हतकडीसहित भागेकी थिइन्। हतकडीसहित थुनुवा भागेको घटनामा दुई जना प्रहरीलाई कारवाही गरिएको छ। दमाईलाई म्याद थपका लागि लगेका प्रहरी सहायक हवल्दार चक्र अधिकारी र प्रहरी जवान लोकराज जोशीलाई निलम्बन गरिएको एसपी विष्टले बताए।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.