भट्ट सरकारमा ३ मन्त्री र २ राज्यमन्त्री थपिए

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारमा तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथ लिएसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको छ।

प्रदेश प्रमुख नजिर मियाँले तीन मन्त्रीलाई तथा मुख्यमन्त्री खगराज भट्टले दुई राज्यमन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

मुख्यमन्त्री भट्टले आजै नेकपाका तर्फबाट प्रकाश रावल, ओमविक्रम भाट र खुशीराम डगौरा थारूलाई मन्त्री तथा जानकी कुँवर र इन्दिरा गिरीलाई राज्यमन्त्री नियुक्त गरेका थिए।

Dadeldhura Hospital

रावललाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, भाटलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र डगौरा थारूलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ।

त्यसैगरी, कुँवरलाई भौतिक पूर्वाधार विकास राज्यमन्त्री र गिरीलाई वन राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ।

गत २९ गते मुख्यमन्त्री नियुक्त भएका भट्टले यसअघि नेकपा एमालेका तर्फबाट चक्र मल्ललाई आर्थिक मामिला मन्त्री, सन्तोषी थापा शर्मालाई सामाजिक विकास मन्त्री र दमन भण्डारीलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री नियुक्त गरिसकेका थिए। एमालेकै तर्फबाट जानकी बम ऐर आर्थिक मामिला राज्यमन्त्री नियुक्त भइसकेकी छन्।

पाँच जना नयाँ मन्त्री तथा राज्यमन्त्रीले शपथ लिएसँगै सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाएको हो।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.