असार १५
भारतको व्यांलोरमा एक नेपालीको मृत्यु भएको छ ।
डडेल्धुरा जिल्ला आलिताल गाउँ पालिका वडा न.५ भावर घर भएका उमेश ताम्राकारको भारतको ब्यांलोर मृत्यु भएको हो । ताम्राकारको हत्या भएको परिवारको आशंका छ । करिब ३ बर्ष देखि भारतको व्यांलोरको सरजापुर रोड कैकोंडाहल्लीमा परिवार सहित बस्दै आएका ताम्राकार गए राती बेहोस अबस्थामा कोठा नजिकै फेला परेका थिए । बेहोस अवस्थामा फेला परेका ताम्राकारलाई उपचारका लागी आफन्तले अनिकैको एस टि जोन मेडिकल कलेजमा लगिएको थियो । उपचारको क्रममा उनको अस्पतालमै मृत्यु भएको जनाइएको छ । ताम्राकारको शरीर भरी चोट समेत देखिएकाले हत्या भएको आशंका गरिएको हो ।