डडेल्धुरामा भरुवा बन्दुकसहित एकजना पक्राउ

sc mahendra

डडेल्धुरा भरुवा बन्दुकसहित डडेल्धुराको अजयमेरुमा एक जना पक्राउ परेका छन्।

अजयमेरु गाउँपालिका–६ भण्डारी गाउँ बस्ने ४२ वर्षीय वीरसिंह भण्डारीलाई एकनाले एक थान भरुवा बन्दुकसहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो।

भण्डारीसँग ईजाजतपत्र नभएको उक्त बन्दुक रहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी देवलदिब्यपुरबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुकसहित पक्राउ गरेको बताइएको छ।

You might also like
Leave A Reply

Your email address will not be published.