Citizan

डडेल्धुराको आलितालमा पहिरो पिडितको व्यवस्थापन नहुदा विद्यालयको पठनपाठन प्रभावित

suchana alital
Chure
  • भक्त गाहा मगर

सावन २९ डडेल्धुरा,
डडेल्धुराको आलिताल गाउंपालिका वडा न.१ का पहिरो पिडितको व्यवस्थापन नहुदा विद्यालयको पठनपाठन प्रभावित परेको छ ।

glam &
dipti
Citizan

पालिकाको वडा न. १ मा रहेको मालागाँउ र भोका गाउं वस्तिमा बसोबास गर्ने २१ परिवार नजिकैको जनज्योती आधारभुत विद्यालयमा बसोबास गरिरहेका हुदा विद्यालयको पठनपाठन समेत प्रभावित भएको हो।

lali

पिडितको विद्यालयमा बास भएपछि अहिले विद्यालय नै बन्द रहेको छ । विद्यालयमा पहिरो पिडित बासिन्दा बसिरहेकोले विद्यालय बन्द गर्नु परेको वडा अध्यक्ष यज्ञ बहादुर देउबाले बताए । पहिले विद्यालयको बर्खे बिदा भएकोले सजिलो भएको थियो अहिले विद्यालयको नियमित पठनपाठन समेत बन्द गर्नु परेको छ । सामाग्री नआउदा सम्म विद्यालय नै अन्तिम विकल्प भएकोले विद्यालय नै बन्द गरेर पिडितलाई व्यवस्थापन गरेको बताए ।
विद्यालय भवनमा रात कटाइरहेका स्थानीयलाई राष्ट्रिय वनको खुला क्षेत्रमा राखिने जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय भएता पनि अहिले सम्म व्यवस्थापन भएको छैन ।
डडेल्धुराका प्रशासकिय अधिकृत तथा सुचना अधिकारी जितेन्द्र ओझाका अनुसार समितिको निर्णय पश्चात पहिरो पीडितका लागि गृह मन्त्रालयले सामाग्री पठाईसकेको भएता पनि भिमदत्त राजमार्ग खानीडांडा,बुढीतोलामा आएको पहिरोका कारण सामाग्री सम्बन्धित स्थान सम्म पुर्याउन नसक्दा व्यवस्थापनमा ढिलाई भएको बताए । उनले भने सामाग्री धनगढीको एयरपोर्टमा आईपुगेको छ । मौसम सफा हुने बित्तिकै सामाग्री पुग्छ र पहिरो पिडितलाई उचित ठाउंमा व्यवस्थापन गरिन्छ । उनले भने विद्यालयको पठनपाठनमा भएको असर प्रति हामी गम्भिर छौ , अहिले विद्यालय बन्द गरेर स्थानियलाई बसाले तापनि यो बिदालाई अरु बिदाहरुमा पनि पठनपाठन संचालन गरेर विद्यार्थीको पढाईलाई निरन्तरता दिने बताए । अहिले सम्म वडा तथा पालिकाले राहात स्वरूप खाद्य सामाग्री चामल,दाल,तेल,तरकारी नुन र अन्य सर समान दिदै आएको छ ।

सम्बन्धित समाचार…

आलितालका-१ का पहिरोपीडितलाई राष्ट्रिय वनको खुला क्षेत्रमा राखिने

आलिताल-१ मा पहिरोको डरले घर छोडी बिद्यालयमा बास

Jorayal
Tarkari
You might also like
Leave A Reply

Your email address will not be published.