- भावना थापा मगर
सावन १० डडेल्धुरा,
अधिक बर्षाका कारण पहिरो आउन थाले पछि डडेल्धुराको आलिताल गाउंपालिका वडा न. १ का मालागाँउ र भोकागाउंका स्थानिय विद्यालयको भवनमा रात बिताइ रहेका छन् ।
पालिकाको वडा न. १ मा रहेको मालागाँउ र भोका गाउं वस्तिमा बसोबास गर्ने २१ परिवार नजिकैको जनज्योती आधारभुत विद्यालयमा बसोबास गरिरहेका हुन् । उक्त बस्तीमा वर्षाका कारण गाउँ माथिवाट पहिरो आई राखेकोले ज्यान सुरक्षाका लागि स्थानीय प्रहरी चौकी जनप्रतिनिधि र जनसमुदायको सहयोगमा नजिकै रहेको सियला गाउंको विद्यालयमा सारीएको वडा न. १ का अध्यक्ष यज्ञ बहादुर देउबाले जानकारी दिए । उक्त २१ पविारका १५० जनालाई राहात स्वरूप खाद्य सामाग्री चामल,दाल,तेल,तरकारी नुन र अन्य सर समान समेत वितरण गरिएको अध्यक्ष देउवाले बताए । उक्त गाउमां पहिरोको उच्च जोखिम भएको कारण समयमै तहांका परिवारलाई सुरक्षित स्थानमा सारिएको समेत देउबाले बताए ।