दार्चुलाको अपिहिमालमा कर्मचारी भर्ना गर्न पार्टीको निर्णय

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

दार्चुलाः दार्चुलाको एक गाउँपालिकामा कर्मचारी भर्ना गर्न पार्टिले नै निर्णय गरेको पाइएको छ । जिल्लाको अपिहिमाल गाउँपालिका–३ मा कार्यालय सहयोगी भर्ना गर्न नेपाली काँग्रेसले वडा समितिकै निर्णय गरेको हो।

काँग्रेसका वडा सभापति तारा कार्कीको अध्यक्षतामा साउन २१ गते बसेको बैठकले पालिका वडा नम्बर ३ को कार्यालय सहयोगीमा नेपाली काँग्रेसको तर्फबाट हुनुपर्छ भन्ने निर्णय सर्वसम्मतबाट पारित गरियो भन्ने निर्णय गरिएको छ ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

गठबन्धनको सरकार रहेको अपिहिमाल गाउँपालिकामा यसअघि पनि कर्मचारी भर्नामा भागवण्डा गरिएको थियो। तर, अहिले भने काँग्रेसले लिखित रूपमै पार्टीको निर्णय गरेर आफ्नो कर्मचारी हुनुपर्छ भन्ने उल्लेख गरेको छ।

Dadeldhura Hospital

दार्चुलाको अपिहिमालमा कर्मचारी भर्ना गर्न पार्टीको निर्णय सम्बन्धि आफुलाई जानकारी नभएको पालिका अध्यक्षले बताएका छन् उनले भने पार्टीले निर्णय गर्यो भन्दैमा हामीले तेसैलाई नियुक्त गर्ने भन्ने होइन । अहिले कर्मचारी भर्नाको परिक्षा सकिएको छ रिजल्ट आयन बाकि रहेको समेत अध्यक्षले बताए । उनले यदि कुनै काग्रेसको कार्यकर्ता नै त्यो परिक्षामा सहभागी भएर आएछ भने पनि हामी त्यो मान्छेलाई नियुक्ति नदिने बताए ।

अपिहिमालमा नेकपा माओवादी केन्द्रबाट भगतसिंह ठेकरे अध्यक्ष र काँग्रेसका देवकी बोहरा उपाध्यक्ष छन् ।

पार्टिको निर्णय..

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.