डडेल्धुराकी अमृता राउटेको हत्या आशंकामा एक जना पक्राउ

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा ः डडेल्धुराको परशुरामकी अमृता राउटेको हत्या आशंकामा एक जना पक्राउ परेका छन्।

Dadeldhura Hospital

परशुराम १२ आमपानि बस्ने १४ बर्षिया बालिका अमृता राउटे घर नजिकैको रंगुन खोलामा बुधबार मृत फेला परेकी थिइन्। मृत फेला परेकी राउटेसंग अन्तिम समयसम्म सम्पर्कमा रहेका एक बालक लाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको जोगबुढाका प्रहरी निरीक्षक गंगा दत्त बडुले बताएका छन् । मंगलबार दिउसो अन्य साथिहरुसंगै माछा मार्न भनि खोलामा गएकी अमृता अबेर सम्म घर नआउदा खोजिकार्य गर्दा नजिकै रंगुन खोलाको किनारमा मृत भेटिएकी थिईन् ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

प्रहरीका अनुसार मृतक राउटेसंगै माछा मार्न गएका अन्य समयमै घर आएका थिए । तर एक जना बालक मृतक अमृतासंग खोलामा अन्तिम समयसम्म सम्पर्कमा रहेका थिए । जसलाई हामीेले नियन्त्रणमा लिएका छौ। नियन्त्रण गरिएका व्यक्ति पनि नाबालक भएकाले उनको परिचय गोप्य राखिएको प्रहरी निरीक्षक गंगा दत्त बडुले बताएका छन्। पक्राउ पर्नेमा राउटे सामुदायकै रहेको र पक्राउ पर्ने बालक र मृतक बालिकाको सम्बन्ध पहिले देखि नै नजिक भएको समेत पाईको स्रोतले बताएको छ ।
राउटे बालिकाको शब भने पोस्टमार्टम गरेर प्रहरीले आफन्तको जिम्मा लगाईसकेको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.