
डोटी ः डोटीलो शिखर नगरपालिकाका नगर प्रमुख दिर्घ बहादुर बलायरले आफ्नै स्वकीय सचिवलाई खुकुरी प्रहार गरेको आरोप लागेको छ।
मेयर बलायर आफनै स्वकीय सचिव राजेश ठगुन्नालाई खुकुरी प्रहार गरेको आरोप लागेको हो । मेयर बलायरको सचिवालयमा काम गर्दै आएका राजेश ठगुन्नाले आफूमाथि खुकुरी प्रहार भएको समाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन्। ठगुन्नाले आफ्नो टाउकोमा चोट लागेर अस्पतालमा भर्ना भएको फोटो समेत सार्वजनिक गरेका छन्।



घटनाको बारेमा कुनै प्रक्रियागत जानकारी प्राप्त नभएको र सामान्य बुझ्दा स्वकीय सचिव ठगुन्नाले नगर प्रमुखको गाडीमा तोडफोड गरेको र ठगुन्नामाथि खुकुरी प्रहार नभएकोे जिल्ला प्रहरी कार्यालय डोटीले बताएको छ।
घटनाका सम्बन्धमा बझ्न मेयर बलायरलाई फोन गर्दा उनको मोबाइल अफ रहेका कारण सम्पर्क हुन सकेन। घटना के कारणले भएको हो भनेर अहिलेसम्म पुष्टि हुन सकेको छैन।



