जन्मेको बच्चा अस्पतालबाटै गायब,प्रेमी र डाक्टर पक्राउ

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

असार १३ मा सुनसरी रामधुनी नगरपालिकाकी फूलकुमारी (नाम परिवर्तन) लाई प्रसुति व्यथाले सतायो।

अविवाहित उनले यो कुरा आफ्ना प्रेमी गोविन्द राईलाई सुनाइन्। गोविन्दले उनलाई विराटनगरस्थित ग्रिनक्रस अस्पताल ल्याए।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

अस्पतालमा स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर तपेश्वरलाल कर्णले फूलकुमारी चेकजाँच गरेर, व्यथा अझै बढ्ने औषधि दिए। त्यसको केहीबेरपछि उनले नर्मल रूपमा छोरी जन्माइन्।

भोलिपल्ट असार १४ गते अस्पतालले उनलाई डिस्चार्ज गर्‍यो तर बच्चा देखिनन्। बच्चा नदेखेपछि फूलकुमारीले आफ्ना प्रेमीलाई बच्चाबारे सोधिन्।

गोविन्दले बच्चा अस्पतालमै रहेको र उपचारका लागि केही दिन राख्नुपर्ने बताए। बिहे गर्ने वाचा गरेका प्रेमीको कुरा पत्याएर उनी प्रेमीसँगै इटहरी फर्किइन्।

‘उहाँले मलाई बच्चाबिना नै ट्याम्पोमा राखेर इटहरी पुर्‍याउनुभयो। बसपार्क छेउको होटलमा कोठा लिएर राख्नुभयो। बच्चा खोइ भन्दा अस्पतालमै छ भन्नुभयो,’ फूलकुमारीले भनिन् ‘दुई दिनपछि असार १६ गते मेरो काम छ, बस्दै गर्नु भन्दै होटलबाट निस्किनुभयो। त्यसपछि फर्किएर आउनुभएन।’

Dadeldhura Hospital

आफूलाई बिहे गर्छु भन्ने वाचा गरेर बच्चासमेत जन्मिसकेको अवस्थामा प्रेमी नै बेपत्ता भएको र आफूले स्वस्थ जन्माएको शिशुसमेत साथमा नभएपछि फूलकुमारी प्रहरीमा पुगिन्। उनले दिएको जाहेरीअनुसार प्रहरीले अनुसन्धान थाल्यो। अन्ततः गत शुक्रबार प्रेमी र प्रसुति गराउने चिकित्सकलाई पक्राउ गर्‍यो।

स्त्री तथा प्रसुति रोग विशेषज्ञ कर्ण कोशी अस्पतालका पूर्वप्रमुखसमेत (मेडिकल सुपरिटेन्डेन्ट) हुन्। पक्राउ परेका २७ वर्षीय राई भोजपुर हतुवागढी गाउँपालिका–४ का बासिन्दा हुन्।

‘असार १३ मा नर्मल रूपमा २६ वर्षीया अविवाहित युवतीले अस्पतालमा बच्चा जन्माएको पाइएको छ,’ मोरङ प्रहरीका डिएसपी रन्जनकुमार दाहालले भने, ‘त्यसरी जन्माइएको शिशु गायब भएको खुलेपछि चिकित्सक र ती युवकलाई पक्राउ गरेका छौं।’

मोरङ प्रहरीका अनुसार ती युवतीको वास्तविक नाम अर्कै हो।

प्रहरीका अनुसार अस्पताल भर्ना गर्ने बेलामा नै युवतीको वास्तविक नाम राखेका थिएनन्। अस्पतालको पर्चीमा लेखिएको फूलकुमारी तामाङ उनको वास्तविक नाम होइन।

फूलकुमारीले जन्माएको शिशुको जिम्मा डाक्टर कर्णले लिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। पक्राउ परेका कर्ण बिरामी भएको भन्दै कोशी अस्पतालमा भर्ना भएका छन्।

चिकित्सकसँगको मिलेमतोमा बेपत्ता पारिएको शिशु कहाँ छन् भन्ने अहिलेसम्म खुलेको छैन। प्रहरीले दुबै अभियुक्तलाई सँगै राखेर बयान लिएपछि सबै कुरा खुल्ने बताएको छ।सेतोपाटीबाट साभार

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.