वीरेन्द्रनगरको यरीचोकमा भएको ग्याङ्ग फाइटका नाइकेलाई खोज्दै प्रहरी

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

सुर्खेत । वीरेन्द्रनगर सुर्खेतको यरीचोक नजिकै भएको ग्याङ्ग फाइटका नाइकेलाई प्रहरीले खोजाीकार्य अगाडी बढाइएको छ। । केही दिन अगाडी यरीचोक नजिकै भएको उक्त ग्याङ्ग फाइटको भिडिओ हिजो,आज सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

Dadeldhura Hospital

उक्त भिडिओमा दुई समूहका युवाहरुबीच धकेलाधकेल भएको देखिन्छ। त्यतिकैमा एक जनाले झोलाबाट केही वस्तु निकालेर अर्को व्यक्तलाई हानेपछि उनि ढलेको देखिन्छ। त्यसपछि सात जनालाई दुईजना युवाले लखटेको पनि भिडिओमा देख्न सकिन्छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

यस्तै, यक्त घटनालाई लिएर आइतबार मात्रै पीडित युवाहरुले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएका छन्।

उक्त उजुरी प्रहरीमा आइसकेपछि दर्ता गरेर सार्वजनिक भएको भिडिओ र उजुरीका आधारमा ग्याङ्ग फाइट गर्नेहरूको खोजी थालिएको प्रहरी स्रोतले नेपालकर्मलाई जानकारी दिएको छ। स्रोतले भन्यो, ‘पीडितहरुको उजुरी आएको छ। उजुरी र उक्त भिडिओको आधारमा खोजाीकार्य अगाडी बढाइएको छ। तर, घटना प्रभावित हुन सक्ने भएकोले अहिले घटनाको सबै विवरण भन्न मिल्दैन्।’

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.